ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार सात विन्दुले घट्यो


admin
२२ पुस २०७५, आइतबार   ५ : ३५   बजे


काठमाडौं,२२ पुस । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८ दशमलव ५६ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १५६ कम्पनीको १३ लाख ६३ हजार ८५४ कित्ता शेयर रु ३१ करोड तीन लाख १४ हजार २२२ मूल्यमा खरीद–बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर नौ दशमलव ५४ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ छ दशमलव ८६, होटल सात दशमलव ८, विकास बैंक १४ दशमलव ३३, जलविद्युत् १४ दशमलव ५५, वित्त एक दशमलव ६५, निर्जीवन बीमा ७९ दशमलव शून्य आठ, उत्पादन २२ दशमलव १३, लघुवित्त २२ दशमलव ८४ र जीवन बीमा ४३ दशमलव ७५ बिन्दुले घटेको छ ।

घटेको बजारमा नागरिक लगानी कोष, जेविल्स फाइनान्स कम्पनी, नेपाल क्रेडिट एउण्ड कमर्श बैंक, आँखु खोला जलविद्युत् कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

यस्तै भार्गव विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक, युनाइटेड इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले आज गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group