ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माघीको रौनक, “ गाउँका दिदीबहिनीसँग माछा मार्न जाने सल्लाह भइसकेको छ ”


एबीसी न्यूज
२५ पुस २०७५, बुधबार   ९ : २०   बजे


दाङ, २५ पुस ।  युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइन जिल्लाका अधिकांश थारू बस्ती देख्न पाइन्छ । थारू बस्तीमा माघी आउन अब एक हप्ता मात्र बाँकी छ । यहाँका थारू समुदायको बस्तीमा महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् । पुरुष सुँगुरको मासु काट्नेदेखि लिएर अन्य काममा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी खुट्नमै व्यस्त छन् ।

अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघी अघि नै सुँगुर काट्ने, रोटी पकाउनेलगायत काम गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम एक हप्ता अगाडिबाटै गर्न थालिन्छ ।”

मङ्गलबार तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू गाउँमा सुँगुर घरघरमा बाँधेका देखिन्थे भने महिला दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे । उनीहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको बताए । घर आँगनमा बसेर दुना टपरी बनाउँदै गरेकी ४० वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो बनाउन लागेकी हुँ ।”

तुलसीपुरको रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य थारू बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवीकी ६० वर्षीया मनराखी चौधरी माघीका लागि दुना टपरी बनाउनमै व्यस्त हुनुहुन्छ । आफ्ना बुहारीसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त रहनुभएकी मनराखीले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१५ का ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउनमै ब्यस्त हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “एक महीना अगाडिदेखि नै पात र दाउराको जोहो गरेकी हुँ ।” मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गर्नुभएकी शाान्तिले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन एक दिन बाँकी रहँदा मात्र बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसक्याँै, अब गाउँका दिदीबहिनीसँग माछा मार्न जाने सल्लाह भइसकेको छ ।” माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरु बबई नदी जाने तयारीमा रहेको उहाँको भनाइ थियो । बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ का ५५ वर्षीया लीला चौधरीले भन्नुभयो, “माछा मार्न गाउँका सबै मिलेर यहाँ आएका छौँ ।”

थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । घर घरमा सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीका साथ खानपिन गरेर रातभर नाचगान गर्ने गरिन्छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।

माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, तलाउ, पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group