ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा पहिलोपटक बालचिकित्सक परीक्षा सञ्चालन


एबीसी न्यूज
२८ पुस २०७५, शनिबार   १२ : ३५   बजे

काठमाडौँ, २८ पुस । चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ । पहिले सो तहको परीक्षा दिन बेलायत नै जानुपर्ने अवस्था रहेकामा अहिले नेपालबाट नै दिन सकिने भएको छ ।

रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकार्यमा ग्राण्डी अन्तर्र्रािष्ट्रय अस्पतालमा आज र भोलि सञ्चालन हुने सो परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना विभागीय प्रमुख नेपाल आएका छन् । परीक्षामा नेपालका चारसहित भारत, मलेसिया, म्यान्मा र मध्यपूर्वका गरी २४ जना बालरोग चिकित्सक सहभागी छन् ।

आज यहाँ आयोजित कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले अस्पतालमा उपलब्ध विश्वस्तरीय सेवा सुविधा तथा विशेषज्ञहरु भएकाले रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा एमआरसिपिसिएच परीक्षाका लागि छनौट गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका विविध विषयमा सहकार्य गरी अघि बढ्न अस्पताल तत्पर तत्पर रहेको बताउनुभयो ।

आरसिपिसिएचका रणनीतिक प्रमुख डा रमेश मेहताले यस किसिमको परीक्षा नेपालमा सञ्चालन हुनु गर्वको विषय भएकाले यसले नेपाललाई सार्क मुलुकहरुको परीक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले संसारभरका ३५ वटा मुलुकमा रहेका परीक्षा केन्द्रहरुमार्फत हरेक वर्ष छ हजार बालरोग विशेषज्ञको परीक्षा लिने गरिएको समेत जानकारी दिनुभयो ।

आरसिपिसिएचका सिनियर एक्जामिनर डा मिथलेश लालले पहिलोपटक नेपालमा हुन लागेको एमआरसिपिसिएच परीक्षा यस पटक परिमार्जित तथा प्राविधिक हिसाबले समेत थप स्तरीय रहेको उल्लेख गर्नुभयो ।

आरसिपिसिएच सिनियर एक्जामिनर डा चन्डेश्वर महासेठले धेरै वर्षको प्रयासपछि नेपालले पहिलोपटक यस किसिमको परीक्षा सञ्चालन गर्ने अवसर पाएको बताउँदै यसबाट नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group