ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गताको घरमै पुगेर नागरिकता प्रदान


एबीसी न्यूज
२८ पुस २०७५, शनिबार   १ : ०४   बजे

 

बैतडी, २८ पुस ।  बैतडीको दशरथचन्द नगरपालिका–२ का २२ वर्षीया हीरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।

अपाङ्गता भएकी बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको हो । अपाङ्गता भएकी हीरा हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

अपाङ्गता भएकी छोरीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुशी लागेको हीराका बुबा पूर्ण बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “जेठी छोरीलाई घरमै पुगेर नागरिकता प्रदान गर्दा केही सहयोग पुग्ने आशा गरेका छौँ” नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि आफू खुशी भएको हीराले बताउनुभयो ।

यसैबीच पूर्णबहादुर बोहराका अपाङ्गता भएका दुईछोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बैतडी, दशरथचन्द नगरपालिका–२ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको वडा नं २ का वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हीरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएका छौँ” करिश्मालाई कक्षा १० को र हीरालाई कक्षा ५ को कोर्स घरमै पढाउने व्यवस्था गरिएको बताइएको छ ।

संविधानमै शिक्षाबाट कोही पनि वञ्चित हुन नपर्ने उल्लेख भएकाले उनीहरुका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । यसअघि प्रमुख अवस्थीले पुस १ गते अपाङ्गता भएका बालबालिकालाई उनीहरुको घरमै पुगेर रु १० हजार नगद रकम हस्तान्तरण गरेका थिए । अपाङ्गता भएका बालबालिकालाई अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले पनि गत मङ्सिर ६ गते आफ्नो जन्मदिनको खर्च कटाएर नगदसहित लत्ताकपडा सहयोग गरेका थिए ।

पूर्णबहादुर बोहराका चारमध्ये तीन छोराछोरी अपाङ्गता भएका छन् । बोहराका २२ वर्षीया छोरी हीरा, १५ वर्षीया करिश्मा, १० वर्षीय जयन्त बोहरा अपाङ्गता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group