ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा स्वाइनफ्लुको संत्रास , राजधानीमा देखा परेको स्वाइन फ्लु जटिल खालको


एबीसी न्यूज
३० पुस २०७५, सोमबार   १० : १४   बजे

काठमाडौ, ३० पुस । स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु विभिन्न अस्पतालमा भर्ना छन् ।

बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

ती अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको र केही उपचारपछि घर फर्किएका र केहीको अहिले पनि ती अस्पतालमा उपचार रहेको बताइएको छ ।

केहीदिन यता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी कुर्न बसेका कुरुवामा समेत उक्त भाइरस देखापरेपछि अहिले सो अस्पतालले टाइनी फ्लु भ्याक्सिन दिन शुरु गरिएको सो अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
अहिले सो रोगले महामारीको रुप नलिएपनि सोही भाइरसबाट केही ब्यक्तिको मृत्यु भएकाले सतर्कता अप्नाउन थालिएको ती चिकित्सकले जानकारी दिए ।

हाल शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना गरिएका ती बिरामीको परिचय गोप्य राखिएको भएपनि उनको घरमा यस अघि स्वाईन फ्लुका बिरामी रहेको र ती बिरामीको कारण घरका अन्य सदस्यलाई समेत सरेर अस्पताल भर्ना गर्नु परेको बताइएको छ ।
तीन साता देखि राजधानीमा देखा परेको स्वाइन फ्लु जटिल खालको देखा परेकोले चिकित्सकहरु चिन्तित हुन थालेका छन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu