ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऋणको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन


admin
३० पुस २०७५, सोमबार   ४ : ४५   बजे

काठमाडौं,३० पुस ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन दिएको छ ।

बैंकले आज एक सूचनामार्फत ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जाका बारेमा समेत जानकारी दिन आग्रह गरेको छ ।

प्रत्येक आर्थिक वर्षको त्रैमास समाप्त भएको मितिले १५ दिनभित्र कर्जा चुक्ता नभएसम्म केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रमा पठाएको विवरणमा पछि कुनै परिवर्तन भएमा वा कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा नियमित भएमा वा मिति थप तथा पुनःतालिकीकरण भएमा सो को जानकारीसमेत १५ दिनभित्र अनिवार्यरूपमा उपलब्ध गराउन बैंकले निर्देशन दिएको कार्यकारी निर्देशक नारायण पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय बैंकले ग्राहकको विवरण लिनलाई पनि कडाइ गरेको छ । इजाजत प्राप्त संस्थाका व्यक्ति, फर्म वा सङ्गठित संस्थाबाट कर्जा सुविधाका लागि आवेदन परेमा कर्जा विश्लेषणका लागि ग्राहक तथा ऋणीको नागरिकताको प्रतिलिपि, स्थायी तथा अस्थायी ठेगाना, तीनपुस्ते विवरण र एकाघर परिवारका सदस्यको विवरण लिन निर्देशन दिएको हो ।

निजी संस्था, साझेदारी फर्म, साझेदारको विवरण र फर्मको तर्फबाट कारोवार गर्न अख्तियार प्राप्त व्यक्तिको सम्पूर्ण विवरण, ठेगाना, स्म्झौताको प्रतिलिपि लिनुपर्नेछ ।

निजी संस्थाको हकमा १५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, धितो मूल्याङ्कनकर्ताको विवरण र रु १० लाखभन्दा माथिको हकमा इजाजतपत्रसमेत लिनुपर्ने नियम बनाइएको छ ।

यस्तै कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीरकण गर्न, पुनःसंरचना वा पुनःतालिकीकरण गर्नु अगावै ऋणी वा ग्राहकका बारेमा अनिवार्य सूचना लिन र माग भएको अवस्थामा तीन दिनभित्र केन्द्रीय बैंकलाई उपलब्ध गराउन भनिएको छ ।

यस्तै बैंकले कर्जा सूचना नियमावली, २०५९ अनुसार पनि थप बाँकी रहेका अन्य सूचना लिन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu