ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पति र बालबच्चा छाडेर हिँडेकी उनी अहिले घर न घाटको भइन्


एबीसी न्यूज
५ माघ २०७५, शनिबार   १० : ०३   बजे

घोराही, ५ माघ ।   बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे ।

नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले ती व्यक्तिलाई फोन गरेर माल कहिले ल्याउँछस् भन्दै सोधेको र ल्याउँदै छु भनेर यताबाट जवाफ दिएको ती महिलाले सुनेपछि उनी भागेर घोराहीको महिला सेवा केन्द्रमा आइपुगिन् । पति र बालबच्चा छाडेर हिँडेकी उनी अहिले घर न घाटको भइन् । उनलाई बेच्न लैजाने व्यक्ति भने अझै फरार छन् ।

बुटवलकी १८ वर्षीया एक युवती पनि घोराही–१० नारायणपुरका एक व्यक्तिको मायाजालमा परेर विवाहसमेत गरिन् । घरमा श्रीमती छ भन्दै उक्त व्यक्तिले ती केटीलाई बेचबिखनका लागि कृष्णनगर हँुदै भारत लैजाँदै गर्दा माइती नेपालले पक्राउ गरी दाङ प्रहरीमार्फत जिल्लास्तरीय सेवा केन्द्रमा ल्याउन लाग्दा उक्त व्यक्ति फेला बेपत्ता भए भने उनी माइती नेपालको सम्पर्कमा गइन् ।

तुलसीपुर–४ का २२ र २३ वर्षका दुई युवती पनि विवाहको नाटक गरेर भारत बेचिदै गर्दा माइती नेपालको सहयोगमा दाङ फर्केको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । बङ्गलाचुली गाउँपालिकाकी २२ वर्षीया महिला र पञ्चकुलेकी १८ वर्षीया एक महिला पनि विवाह पछि भारतमा लगेर बेच्न लाग्दा भागेर सेवा केन्द्रमा आइपुगेका थिए ।

जिल्लास्तरीय सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा सिमान पारी जाने अधिकांश महिला विवाहको नाटकमा आफन्त तथा नजिकका विश्वासिलो पात्रबाटै बेचबिखनमा पर्ने गरेको उल्लेख छ तर महिला पटकपटक बेचबिखनमा पर्दा पनि पीडक भने कारवाहीबाट उम्कने गरेका छ । जिल्ला प्रहरी कार्यालयमा पनि आव २०७१/७२मा तीन, २०७२/७३ मा एक, २०७३/७४ मा तीन र २०७४/७५ मा दुई महिलाले आफू बेचबिखनमा परेको भनी गरे पनि अभियुक्त भने अझैसम्म फरार छन् ।

जिल्ला घोराहीको महिला सेवा केन्द्रकी अध्यक्ष हुमा डिसी महिलाले तुरुन्तै अर्को व्यक्तिलाई विश्वास गर्नु, वास्तविकता नबुझेर पछि लाग्नु, आफैँ आत्मनिर्भर नहुनुजस्ता कारणले बेचबिखनमा पर्ने गरेको बताउनुहुन्छ । पछिल्लो समय भारतमा वेस्यावृत्तिका लागि मात्रै नभई राम्रो काम र आकर्षक तलबको लोभमा महिला भारतबाहेक तेस्रो मुलुकमा पनि बेचिने गरेको पाइएको उहाँ बताउनुहुन्छ ।

अहिले नेपाली महिला भारतको अवैधानिक बाटो हँुदै साउदी अरव, कुबेत, बहराइन, मलेशियाजस्ता देशमा पनि जाने अनि बेचिने गरेको तर तिनको उद्धारमा समस्या भइरहेको अध्यक्ष डिसी बताउनुहुन्छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले ललाइफकाइ प्रलोभनमा पार्ने, वा झुक्याइ, जालसाजी गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गगरेर शरीर बन्धक राख्ने कार्यलाई मानव बेचबिखन हुने भनी परिभाषित गरेको छ ।

त्यसैगरी नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफँैसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने गरेमा पनि बेचविखन गरेको मानिने उल्लेख गरिएको छ । यस्ता अघिकांश उजुरीमा पीडकहरू उम्किने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पर्वत, पाल्पा, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा भारी वर्षा

रसुवा बाढीले बगायो ४ सय कन्टेनर र ट्रक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पर्वत, पाल्पा, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा भारी वर्षा

रसुवा बाढीले बीमा क्षेत्रमा पनि बढायो जोखिम, भूकम्प र जेनजी आन्दोलनभन्दा ठूलो दाबी आउन सक्ने

चितवनमा पहिचान नभएका २२९ शव व्यवस्थापन गरिने

रसुवा बाढीले बगायो ४ सय कन्टेनर र ट्रक

जितपछि रवीन्द्रले भने : बाढीले नेपालमा गाह्रो भइरहेको छ, सबैले सक्दो सहयोग गर्नुहोला

विपद्ग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न जाने पत्रकारलाई बिदाको दिन पनि सेवा दिने सूचना विभाग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu