काठमाडौं । देशका केही स्थानमा शनिबार बिहान वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत, पाल्पा, गुल्मी, कपिलवस्तु र रुपन्देहीलगायत जिल्लामा पछिल्लो एकदेखि तीन घण्टामा मध्यमदेखि भारी वर्षा भएको हो। महाशाखाले शनिबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण बढीगाड, बनारावालगायत त्यस क्षेत्रमा बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने तथा बाढीको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले नदी तथा खोला किनारमा रहेका सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्