ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश निर्माणको डिजाइन दिनुहोस् : मुख्यमन्त्री शाही


एबीसी न्यूज
६ माघ २०७५, आइतबार   ११ : ३२   बजे

 

सुर्खेत, ६ माघ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गर्नुभएको हो । “पैसा नभएर कर्णाली विकास नभएको होइन”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यहाँ दूरदृष्टि र सही सोच आवश्यक छ ।”

प्रदेश विकासको गतिलाई बढाउने र यहाँको नयाँ कामको खोजी गरी कर्णाली सरकारलाई सघाउनेतर्फ सबैको ध्यान जानुपर्नेमा उहाँको जोड थियो । कानूनले समेत कर्णालीको विकासमा अवरोध पु¥याएको भन्दै मुख्यमन्त्री शाहीले यो प्रदेशको विकासमा अब सांस्कृतिक क्रान्ति पनि त्यत्तिकै आवश्यक रहेको औँल्याउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले क्षेत्रगत विशेषज्ञता प्राप्त गरेका व्यक्तिहरुको सुझावले कर्णाली सरकारलाई अघि बढ्न सहयोग पुग्ने बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा पूण्यप्रसाद रेग्मीले छोटो समयमा विज्ञबाट प्राप्त भएको सल्लाह सुझावले यो प्रदेशको दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विज्ञबाट प्रस्तुत कार्यपत्रले परियोजना बैंक निर्माणमा थप सहयोग पुग्ने भन्दै उपाध्यक्ष डा रेग्मीले अब विकासको ढाँचा तयार गरेर अघि बढ्ने बताउनुभयो ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले दुईदिने कार्यशाला गोष्ठीमा सडक, खानेपानी, जलविद्युत्, कृषि, वन, वातावरण, पर्यटन, जडीबुटी, उद्योग, शिक्षा, स्वास्थ्य, जनसङ्ख्या, खनिज सम्पदा, सूचना, प्रविधिलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित २७ कार्यपत्र प्रस्तुत भएको जानकारी दिनुभयो ।

आयोगका सदस्य डा रोकायाका अनुसार गोष्ठीमा आर्थिक विकास, सुशासन र समन्वय, भौतिक पूर्वाधार विकास, कृषि, सहकारी र भूमि व्यवस्था, उद्योग वाणिज्य, आपूर्ति, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र आन्तरिक तथा सूचना, सञ्चारको समूहगत छलफलबाट ‘आवधिक योजना आधारपत्र’ तयारी भएको छ ।

यो तयारी आधारपत्रले यही माघ १४ र १५ गते सञ्चालन हुने कर्णाली प्रदेशको समन्वय परिषद्को बैठकलाई सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

Ecuador Sentences Former President Lenin Moreno To Five Years In Bribery Case

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Guinea-Bissau Votes on Constitutional Referendum Aimed at Strengthening Presidency

अत्यावश्यक सवारीलाई खुलाइयाे पृथ्वी राजमार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu