ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर र जापानको योकोसु नगरबीच भगिनी सम्बन्ध हुने


एबीसी न्यूज
९ माघ २०७५, बुधबार   ९ : ३८   बजे

चितवन,  ९  माघ । जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई मंगलवार भरतपुर महानगरपालिकामा स्वागत गरिएको छ ।
महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने गृहकार्यस्वरुप जापानको योकोसुका नगरको प्रतिनिधिमण्डल भरतपुर आइपुगेको हो । जापानी प्रतिनिधिमण्डललाई स्वागत गर्दै महानगरपालिका उप–प्रमुख पार्वती शाह ठकुरीले जापानको समृद्ध शहरले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न आवश्यक प्रक्रिया पूरा गरी छिट्टै योकोसु नगरलाई जानकारी दिइने बताउनुभयो ।

कार्यक्रममा जापानी प्रतिनिधिमण्डलका प्रमुख योचिमी योटिकाले योकोसु नगर भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको भन्दै अवलोकनपछि जापान गएर आवश्यक प्रक्रिया पूरा गरी छिट्टै दुई पक्षीय सम्झौता गरिने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भगिनी सम्बन्ध कायम गर्न ‘एमओयु’ तयारीका लागि आएको जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई महानगरपालिकाका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सांसद कृष्णभक्त पाखरेलले जापान सरकारले नेपालको विकासमा ठूलो योगदान पु¥याएको बताउँदै भगिनी सम्बन्ध विस्तारले दुई नगरवासीबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताउनुभएको थियो । ओमिची योटुकाको नेतृत्वमा आएको सात सदस्यीय प्रतिनिधिमण्डल भरतपुर महानगरपालिकाको मुख्य पर्यटकीय केन्द्र मेघौली, पटिहानी क्षेत्रको अवलोकन गरी बुधबार काठमाडौँ फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group