ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारविरुद्ध नेविसंघले ग¥यो प्रदर्शन ,प्रधानमन्त्री ओलीको राजीनामा माग


admin
९ माघ २०७५, बुधबार   ५ : २०   बजे

काठमाडौं,९ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै बुधबार पनि काठमाडौंमा प्रर्दशन गरेको छ ।

निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको तथा जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खारेज गर्न खोजेको भन्दै नेविसंघले बुधबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध चर्का नाराबाजीसहित विरोध प्रर्दशन गरेको हो ।

पटक–पटक आग्रह गर्दा पनि सरकारले आफूहरुको माग सुनुवाई नगरेपछि सडक संघर्षमार्फत् सरकारलाई दवाव दिन सुरु गरिएको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिएका छन ।

प्रर्दशनमा नेविसंघका नेता, कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरमा आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।

नेविसंघले आफूहरुको मागलाई सम्बोधन गराउन सरकारलाई सडक आन्दोलनबाटै बाध्य बनाउने चेतावनी पनि दिएको छ ।

गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन गर्न पछि हटेको आरोप लगाउँदै नेविसंघले सो सहमति अक्षरशः पालना गर्न पनि सरकारलाई मंगलबारबाट पुनः दवाव दिन सडक संघर्ष सुरु गरेको हो । प्रर्दशनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group