ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार अभियोगमा दुई प्राविधिक कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर


admin
९ माघ २०७५, बुधबार   ७ : ४८   बजे


काठमाडौं,९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोदन गाउँपालिकाको कार्यालयमा प्राविधिक शाखामा कार्यरत दुई प्राविधिक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

इञ्जिनीयर कपिल अर्याल र सबइञ्जिनीयर लक्ष्मण ढुङ्गानाले एक सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिने भन्दै रु ८० हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

उनीहरुलाई घुस लिँदालिँदै पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुलाई बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै हेटौँडा उपमहानगरपालिका–४ का अब्दुल्ला देवान र बाँके कोहलपुरका नवराज थापाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।-

उनीहरुले आफ्नो पशुचौपायाको व्यवसायको काम सहज गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरीलाई रु ५० हजार घुस दिने प्रयास गरेका थिए ।

प्रहरीले उनीहरुलाई घुस रकमसहित पक्राउ गरी आयोगलाई बुझाएको थियो । उनीहरुलाई पनि बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले आजै जाजरकोटको अम्राइपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नैनीराम जैसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आव २०६६-६७ देखि आव २०६९-७० सम्मको वनको आम्दानी रकम रु सात लाख बिनाप्रक्रिया चेक काटी अपचलन गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

यस्तै बोटबिरुवा खरीद र वृक्षारोपणको पारिश्रमिक तथा भुक्तानी समेतका नक्कली बिल भरपाई बनाएको आरोप लागेको थियो । आयोगले उक्त आरोपको अध्ययन गर्दा रु ८७ हजारको बिल नक्कली रहेको पाइएको थियो । आयोगले रु ८७ हजार बराबरको बिगोबमोजिम जरिवाना गरी कैद सजायको समेत माग गरेको छ ।

आयोगले आजै सप्तरीको साबिक त्रिलोक गाविस–४ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवलगायत चारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माणको रकम अनियमितता गरेको आरोप आयोगले लगाएको छ ।

आयोगले तत्कालीन प्रधानाध्यापक चक्रधरप्रसाद देव र तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादवविरुद्ध समान रु दुई लाख, प्रधानाध्यापक तेजनारायण यादव रु पाँच लाख आठ हजार ८४० र शिक्षक चन्द्रनारायण यादवले रु ५१ हजार २०० बराबरको भ्रष्टाचार गरेको आयोगको दाबी छ । उनीहरु सबैलाई बिगो असुल गरी कैद सजायको माग गर्दै आजै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दङ्गालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group