ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक – प्रधानमन्त्रीओली


एबीसी न्यूज
१० माघ २०७५, बिहिबार   १२ : ३०   बजे

डाभोस, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिनुभएको छ ।

स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले उक्त कुरामा जोड दिनुभएको हो । “हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त रु” भन्ने प्रश्न उक्त सत्रमा राखिएको थियो । उहाँले जी–२० मुलुकका नेता तथा प्रमुख व्यावसायिक व्यक्तिहरुसँग पनि भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्री ओलीले स्वीस औषधि उत्पादक संस्था नोभार्टिसका प्रमुख कार्यकारी अधिकृत वसन्त नरसिंह तथा केपीएमजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अरुण कुमारसँग भेट गरी नेपालको प्राथमिकता क्षेत्रमा सम्भावित लगानीका विषयमा छलफल गर्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले विश्व आर्थिक मञ्चकोे ‘कूल गार्हस्थ उत्पादनभन्दा बढी’ विषयक सत्रमा भाग लिनुभयो । उहाँले नेदरल्याण्डको आर्काडिस कम्पनीका निर्देशक क्यारोलिन गेरेल्ससँग भेट गरी नेपालमा लगानी तथा तथा विकास सहयोगका विषयमा छलफल गर्नुभयो ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीसँग भेट गरी नेपालमा शरणार्थीका साथै शरणार्थीको विश्वव्यापी प्रभावका विषयमा छलफल गर्नुभयो ।

प्रधानमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलका अन्य उच्चपदस्थ अधिकारीहरुले विश्व आर्थिक मञ्चमा भाग लिइरहेका विभिन्न सरकारी तथा व्यापारिक नेताहरुसँग भेट गरी नेपालमा नीति, योजना तथा प्राथमिकताका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group