ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती सफाइमा २९ मेट्रिकटन फोहर व्यवस्थापन


admin
१२ माघ २०७५, शनिबार   ५ : ०५   बजे

काठमाडौं,१२ माघ । माघे झरीमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ जुटेका अभियानकर्मी बिहान ७ बजेदेखि फोहर टिप्दै थिए ।
विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ ।

झरी परेका बेला अभियानर्मीको सङ्ख्या भने घट्ने गरेको छ । झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाई गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गरेका थिए ।

स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधनमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

उक्त महाअभियानको २९८औँ हप्तामा ललितपुरतिरको गुसिङ्गालमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १६ संस्थाका २९० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । डेढवर्ष अघि गुसिङ्गाल क्षेत्रबाट हटाइएका सुकुम्वासी फेरि नदी किनारमा आइ बसेकाले नदीमा फोहर बढेको पाइएको उहाँले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २५९औँ हप्ता पुग्दा गोकर्णेश्वर नगरपालिका वडा नं–६ र ८ को सीमास्थित नदी किनारमा सफाइ गरिएको थियो ।

दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाढ्नाका साथै नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

सफाइबाट सङ्कलित तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत सुझाव दिएको थियो । घरकै फोहर व्यवस्थपन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।

सो अवसरमा नगर उपप्रमुख शान्ति नेपालले यस क्षेत्रको वाग्मतीलाई नमूना बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २५३ हप्तामा रुद्रनगर टोलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९९औँ हप्ताको सफाइ अभियानमा तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०८औँ हप्ताको सफाइमा दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो भने मनोहरा नदी सफाइको ९८औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइमा एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।

यस्तै चक्रपथ सफाइ अभियानको ९४औँ हप्तामा चक्रपथस्थित भाटभटेनीबाट धुम्बाराही चोकसम्मको सफाइमा नौ मेट्रिकटन र ललितपुरको लगनखेलस्थित बौद्ध स्तुपबाट बटुकभैरवस्थानसम्म सफाइमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको सक्रियतामा छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।

आलोकनगर सफाइको ९४औँ हप्तामा त्यस क्षेत्रमा एक मेट्रिकटन र चक्रपथ बाफल खण्ड सफाइको ७६औँ हप्तामा स्वयम्भू बुद्धपार्क क्षेत्रमा सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस् रुपमा काम हुन नसकेको गुनासो समेत सुनिने गरेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको अभियानकर्मीहरूकोको गुनासो थियो ।

वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन ।

माघ २६ गते वाग्मती सफाइ महाअभियान शुरु भएको ३००औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । विशेष कार्यक्रमका लागि शहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनामा बैठक गरी तयारीका काम अघि बढाइएको जनाइएको छ ।

विशेष कार्यक्रमका लागि शहरी विकास मन्त्रीको संयोजकत्वमा उपत्यकाका सबै स्थानीय तहका प्रमुख सदस्य रहनेगरी मूलआयोजक समिति गठन गरिएको जनाइएको छ । सङ्घीय मामिला मन्त्रालयले देशभरका स्थानीय तहमा सफाइ सम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group