ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाको भजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण ,( मानवअधिकार आयोगको प्रतिवेदन सहित)


एबीसी न्यूज
१३ माघ २०७५, आइतबार   ८ : ३०   बजे

काठमाडौं, १३ माघ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट भजाइनल स्वाब संकलन त्रुटिपूर्ण भएको पाइएको छ ।

मानवअधिकार आयोगले बनाएको छानविन समितिकाअनुसार सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरेको भेटिएको छ, जुन त्रुटीपूर्ण भएको ठहर छ ।

यो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न नसकिने भन्दै प्रतिवेदनमा भनिएको छ, ‘यसरी संकलन गरी टेष्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने र डीएनए ह्रास हुँदै जाने, नष्ट हुनसक्ने, परिणाम सही नआउने जस्ता समस्या पाइयो । मुलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटीपूर्ण रहेको पाइयो ।’

पूर्वमहान्यायाधीवक्ता नरेन्द्र पाठकको नेतृत्वमा रहेको समितिले संकलित स्वाबको परीक्षणमा समेत थुप्रै प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाको शवबाट संकलित लो, मिड र हाइ भजाइनल स्वाबको नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले वाई एसटीआर प्रविधिबाट डीएनए परीक्षण गरेको छ । यसले वंश पहिचान गर्न सघाए पनि व्यक्ति पहिचान गर्न सक्ने छैन ।

डीएनएबाट अभियुक्त पत्ता नलाग्ने निश्कर्ष

छानविन समितिले यो डीएनए टेष्टबाट अभियुक्त पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको छ । डीएनए प्रविधिको आकर्षक पक्ष नै वालित भन्दा व्यक्ति यकिन गर्नु भएको भन्दै समितिले भनेको छ, ‘यस केसमा भजाइनल स्वाम नमुनाबाट प्राप्त १६ वटा वाई एसटीआर नजिता आगामी दिनमा कुनै आरोपितसँग मिलेको अवस्थामा निज अपराधी भएको एकमात्र बलियो आधार हुन सक्दैन ।’

फरक भौगोलिक क्षेत्रका फरक थर भएका व्यक्तिहरुबीच १५ वटासम्म वाई एसटीआर मिलेको एक अध्ययनले देखाएको स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, संयोग नै हुनसक्छ सो अध्ययनमा परेका बडू थरका व्यक्ति र निर्मला पन्त केसमा आरोपित बडू थरका व्यक्तिबीच शतप्रतिशत वाई एसटीआर डीएनए मिलेको छ ।’

‘वाई एसटीआरबाट व्यक्ति मिटान सम्भव हुँदैन । शतप्रतिशत मिलेको अवस्थामा निजबाहेक सो डीएनए अन्य व्यक्तिमा भए नभएको, भए कति जनामा भएको डाटा चाहिन्छ ।’

निर्मला पन्तको केसमा पुरुष र महिलाको अलग गरिएको डीएनए नरहेको भन्दै छानविन समितिले बाँकी रहेको भजाइनल स्वाब मात्र थप परीक्षणको विकल्प भएको बताएको छ । प्रतिवेदनमा भनिएको छ, ‘सुरुवाती परीक्षणमा मुख्य भजाइनल स्वाबको प्रयोग, सो समेतबाट न्यून पुरुष डीएनए प्राप्ति, लामो समयसम्म भजाइनल स्वाब यथास्थितिमा रहन नसक्नु जस्ता आधारमा बाँकी भजाइनल स्वाबबाट थप नतिजामूलक परीक्षणको सम्भावना अत्याधिक छ ।’

 

NepalNHRC_PressNote_Recommendation_Direction_NepalGovernment_on_NirmalaPant_Case_2075-10-13 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu