ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव


admin
१२ आश्विन २०७४, बिहिबार   ९ : ३१   बजे

चितवन, १२ असोज । वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ ।

देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

जिल्ला पशु सेवा कार्यालय, चितवनका प्रमुख डा डिल्लिराम सेढार्इं रोगी पशुको मासु खाएमा यसले दीर्घकालीन हानि पु¥याउनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार मासुका लागि निरोगी पशु चौपाया बध गर्नुपर्छ । सामान्यतः नाकबाट सिँगान बगाएको, झोक्राएको, निन्याउरो, खुट्टा टेकेर उभिन नसकेको, टाउको झुकेको, आँखा चम्किलो नभएको, आँखामा कचेरा आएका पशु रोगी हुने हुँदा त्यस्ता पशुको मासु खानु हँुदैन । कतिपय रोग पशुचौपायाबाट मानिसमा सर्ने उहाँले बताउनुभयो ।

क्षयरोग, बोकाको अण्डकोष सुनिने ब्रुसेलोसिस, टेपवर्मजस्ता रोग पशु चौपायाबाट मानिसमा सर्नेहुँदा निरोगी पशु छानेर मात्र मासु खान सेढार्इंले सुझाव दिनुभयो ।

त्यसो त पशुचौपाया बध गरेपछि निरोगी भए पनि पकाउँदा ख्याल गर्नुपर्ने चिकित्सक बताउँछन् । मुख्यरुपमा पोलेका, तारेका, केमिकलको प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुनसक्ने उनीहरुको भनाइ छ ।

क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने उनीहरु बताउँछन् ।

विगत १७ वर्षदेखि क्यान्सर विशेषज्ञका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सेवा गरेर हालै मात्र निवृत्त हुनुभएका डा भोलाप्रसाद रौनियार रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउँदा कार्सिनोजेनिक उत्पादन गर्ने हुँदा स्वास्थ्यका लागि हानिकारक हुने बताउनुहुन्छ । यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उहाँले सुझाव दिनुभयो ।

धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर केमिकल मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने उहाँले बताउनुभयो ।

त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् । अलगअलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने डा रौनियारले बताउनुभयो । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने उहाँको भनाइ छ ।

पछिल्लो समय युवापिँढीमा कोलोरेक्टल क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने गरेको रौनियारले बताउनुभयो । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै रहेका छन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछन् ।

चुरोटले अन्ननलीदेखि मलद्वारसम्म क्यान्सर बनाउने उहाँको भनाइ छ । दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने रौनियारको सुझाव छ । उहाँले मासु बढी खाँदा, रेसादार खाद्य वस्तुको प्रयोग बढाउनुपर्ने बताउनुभयो । फलफूल, सागसब्जी बढी खानुपर्ने बताउँदै उहाँले पाएसम्म ब्रोकाउलीको प्रयोग बढाउन सुझाव दिनुभयो ।

मासुको खपत कम गर्न पनि उहाँ सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “सम्भव हुन्छ भने मासु नखाँदा नै राम्रो हुन्छ, तर खानैपर्ने भएमा पनि माछा र कुखुराको जस्तो सेतो मासु खानु राम्रो हो ।”

मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन् । मासुमा गुलियो पदार्थ र प्रोटिन बढीमात्रामा हुनेहुँदा सिधै आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न हुन्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुने चिकित्सकको भनाइ छ ।

भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउनुहुन्छ । हामीले मासु खानैपर्दा ताजा खानुपर्ने उहाँको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुवै तरिका हानिकारक हुने उहाँले बताउनुभयो । फ्रिजमा राख्दा कडा संक्रमण फैलिनसक्ने उच्च खतरा हुने बताउँदै उहाँले भुटेर राख्दा किटाणुविहीन भएपनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने उच्च खतरा हुने बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “मासु धेरै थुपार्न हुँदैन, बोसो र नूनको मात्रा बढाउनु हुँदैन, मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ ।” उहाँले मासु खाँदा प्रशस्त फलफूल खानुपर्ने बताउँदै बनाएर राखिएको फलफूलको सलाद नखान सुझाव दिनुभयो ।

मासु एक्लैलेभन्दा यसका साधन र साध्यका रुपमा मदिरा र धूमपान अरु खतरनाक हुने उहाँको भनाइ छ । अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने अधिकारीले बताउनुभयो ।

यसले गर्दा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुनेहुँदा विशेष ध्यान दिन सुझाव दिनुभयो । पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भन्दै स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभयो ।

दशैँमा बढी खसीको मासु प्रयोग गरिन्छ जसमा खराब कोलेस्टोरलको मात्रा बढी हुने पनि उहाँले बताउनुभयो । नेपालमा अन्य समयमा आवश्यकमात्रामा मासु नखाने भए पनि दशैँका बेला ऋणधन गरेर भएपनि मासु खानैपर्ने र धेरै खाने पुरानो प्रचलन कायमै रहेको छ ।

स्वदेशमै उत्पादन बढाउन सकिने कुखुरा र माछाभन्दा बढी आयात गरेर निर्भर हुनुपर्ने खसीबोका, राँगा, बंगुरको मासुको खपत अधिक हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

भन्सारमै निर्भर राजस्व, आयकर र आन्तरिक कर संकलन कमजोर

ओली हटाउने बहसबाट किन पछि हटे एमालेका नेताहरू? गुन्डु बैठकपछि बदलियो समीकरण

विदेशी मुद्राको विनिमयदरमा मिश्रित उतारचढाव, डलर स्थिर

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu