
चितवन,१७ माघ । भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–९ शरदपुरमा गए राती ना ५३ प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार गम्भीर घाइते भएका मोटरसाइकल चालक काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्