ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुमकोटमा यातायात र बजार बन्द


admin
१८ माघ २०७५, शुक्रबार   १ : ०३   बजे

रुकुम, १८ माघ । रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताउनुभयो । 

रुकुमकोटमा बिहानैदेखि यातायातका साधन चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरिने यात्रु अलपत्र परेका छन् । यसैगरी बजार पनि ठप्प पारिएको छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलित छन् । 

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले विसं २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सरकारको त्यस निर्णयविरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिकले चर्को नाराबाजी, बन्द हड्ताल गरेका थिए । देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । 

उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही १४ गतेबाट पुनः आन्दोलनका कार्यक्रम शुरु गरिएको छ । रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्च, सरकार र रिट निवेदकलाई पटक–पटक पेशी र साधारण तारिखका लागि बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्च अदालतले आगामी २७ गते बोलाएको छ । 

सोमबारबाट रुकुमकोट बजार क्षेत्रका चोक तथा सिमानामा राके जुलुस, सरकारी कार्यालयमा धर्ना, कोणसभालगायतका कार्यक्रम गर्दै आएका रुकुमकोटवासीले आजबाट यातायातका साधन र बजार ठप्प पारेका हुन् । भौगोलिक दूरीलाई मात्र नहेरी पूर्वाधार र जनसङ्ख्यालाई समेत ध्यानमा राखी सदरमुकाम तोक्न स्थानीयवासीले आग्रह गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group