ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीयताको विकल्प छैन : अध्यक्ष तिमिल्सिना


admin
२४ माघ २०७५, बिहिबार   ४ : ३१   बजे

जनकपुरधाम, २४ माघ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको विकल्प नै नभएको बताउनुभएको छ । 

राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनताको हितमा राजनीतिलाई स्थापित गर्ने ढिलाइ सन्दर्भमा सङ्घीयतामाथि प्रश्न चिह्न लगाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले संविधानमा भएको तहगत अधिकारलाई तहगत हिसाबले प्रयोग गरेमा असन्तुष्टि हटन सकिने बताउँदै संविधानको मर्मअनुसार तीन तहका सरकारलाई चाहिने ऐन निर्माणका चिन्ता, चासो र सुझावका आधारभूमिमा हिउँदे अधिवेशनमा गरिने जानकारी दिनुभयो । 

“सङ्घले निर्माण गर्ने ऐनमा तीनै तहको आवश्यकता र समस्यालाई समाधानमूलक किसिमले समेटने छ”, उहाँले भन्नुभयो, “तीनै तहमा योजना ल्याउन गरिएको प्रयासलाई जिम्मेवारीपूर्वक सदुपयोग नगरिएका कारण पनि योजना अलपत्र पर्ने गरेको छ ।” 

अध्यक्ष तिमिल्सिनाले हुलाकी मार्गको कार्य सम्पन्न गर्नमा विलम्ब नहोस् भन्दै विकास निर्माण र चेतना स्तरलाई गर्व गर्न सकिने बनाउनुपर्ने धारणा व्यक्त गनुृभयो । 

उहाँले योजना ल्याएर समयमै सकिने र विनियोजित बजेट पारदर्शी एवं गुणस्तरीय ढङ्गले सम्पन्न गरेमा परिवर्तनको अनुभूति जनताले गर्न सक्दछ भन्नुभयो । 

प्रदेश नं २ का सभामुख सरोजकुमार यादवले संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरिएका कारण अब ऐन कानून निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । 

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घले नै सङ्घीयता र संविधान विपरीत कार्य गरिरहेको आरोप लगाउनुभयो । 

समितिका सभापति दिलकुमारी थापा रावलले तीनै तहका ७६१ सरकारबीच एउटै लय, सहअस्तित्व स्वीकार गरी नबाझिने गरी कार्य सम्पादनमा जोड दिँदै सङ्घीयता, गणतन्त्र र समावेशिता संविधानको स्तम्भ भएकाले सङ्घीयतालाई कमजोर बनाउने कार्य गर्न नहुने प्रसङ्ग उल्लेख गर्नुभयो । 

राष्ट्रियसभा सदस्य खेमलाल भट्टराईले जनक्रान्तिको भेलबाट आएको सङ्घीय गणतन्त्रको अनुभूति गाउँसम्म गराउनु जरुरी छ भन्नुभयो । प्रदेश नं २ का प्रदेशसभा सदस्य रामसरोज यादव, परमेश्वर साह, शत्रुधन महतो र रामचन्द्र मण्डलले सङ्घीयताको मूलभावअनुरूप ऐनको निर्माण हुनुपर्ने धारणा राख्नुभयो । 

पूर्वमन्त्री रमेश लेखकले सहकारिता, सहअस्तित्व र समन्वयलाई केन्द्र विन्दुमा राखी ती तहगत राज्यको संरचना विकास गर्नुपर्दछ भन्नुभयो । 

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन सन्दर्भमा तहगत अन्तर सम्बन्ध, समन्वय र अन्तर प्रदेश व्यापारलाई ध्यान दिनुपर्दछ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group