ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैदलयात्रीको मुत्यु भएपछि ठेकेदार र कामदार कारवाहीमा


admin
२७ माघ २०७५, आइतबार   ३ : ४६   बजे


बनेपा, २७ माघ ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ सरस्वती बजारस्थित घर बनाउने क्रममा माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । 

सरस्वती बजारस्थित सुवर्ण श्रेष्ठको घर बनाउने क्रममा गत सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत गाउँपालिका–३ का ५५ वर्षीय देवीबहादुर ठाडा मगर घाइते भएका र उहाँको उपचारका क्रममा मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भक्तपुर नगरपालिका–२ घर भएका ठेकेदारे कृष्णराम अवालसहित दुई कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ । 
“ठेकेदारसहित तीनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ”, प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो, “उहाँहरुले लापर्वाही ढङ्गले काम गरेर निर्माण सामान खसी पैदलयात्रीको मुत्यु भएको छ, थप अनुसन्धान भइरहेकाले ज्यान मुद्दा सम्बन्धीको कारवाही हुनसक्छ ।” 

घरधनी श्रेष्ठले भने यसअघि नै मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति उपलब्ध गराइसकेको मृतकका आफन्त उपेन्द्र ठाडा मगरले बताउनुभयो । ठेकेदारले भने क्षतिपूर्ति दिन इन्कार गरेको र कानून बमोजिम नै हुने बताएपछि त्यहीअनुसार प्रक्रिया अगाडि बढाइएको छ । मृतक मगर महाभारत गाउँपालिका–३ का वडा सदस्य समेत हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group