ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधेयकले विकास र संरचनाका लागि आधार स्तम्भ हुन्छ : मन्त्री कार्की


admin
२८ माघ २०७५, सोमबार   ८ : २५   बजे


विराटनगर, २८ माघ ।   प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विद्युत् सम्बन्धमा बन्ने विधेयकले विकास र संरचनाका लागि आधार स्तम्भ हुने बताउनुभएको छ । 

‘प्रदेश विद्युत् सम्बन्धमा व्यववस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्तावमा प्रदेशसभाका १० जना सांसदले सैद्धान्तिक छलफलमा उठाएका विषयमा जवाफ दिने क्रममा मन्त्रीले विधेयकमाथि भएको छलफलले विद्युत्सम्बन्धी बन्ने कानूनलाई व्यवस्थित गर्न मद्दत पुगेको चर्चा गर्नुभयो ।

मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गर्नुभएको थियो । 

शून्य समय 

प्रदेशसभाको आजको बैठकमा शून्य समयमा प्रदेश सभासदस्य रामचन्द्र लिम्बूले सबै क्षेत्रबाट परिपूर्ण, स्वच्छ र सुन्दर वातावरण भएको धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्ने बताउनुभयो । सदस्य विमल कार्कीले जङ्गली जनावरको चपेटामा ज्यान गुमाउने सबैलाई एकै किसिमको राहत उपलब्ध गराउनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । 

‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ प्रस्ताव सदनमा प्रस्तुत गरियो । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले पेश गर्नुभएको हो । 

मन्त्री कार्कीले मुख्यमन्त्री तथा भौत्तिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट बनेको यो विधेयक प्रदेशमा बन्ने सरकारी भवनलाई प्राकृतिक प्रकोपबाट क्षति हुन नदिन भवन मापदण्ड बनाइएको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक यही माघ २९ गते दिउँसो १२ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

विश्वका घातक हिमनदीजन्य विपद् : नेपाल–तिब्बतको बाढी पनि विनाशकारी सूचीमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu