ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अँध्यारोमा कसैले तरबार नचलाऔँ : प्रविधिमन्त्री बाँस्कोटा


admin
२९ माघ २०७५, मंगलबार   ७ : ५६   बजे


बुटवल, २९ माघ । अँध्यारोमा कसैले पनि तरबार नचलाऔँ । अफवाहहरुको आयु छोटो हुन्छ, सत्य छिट्टै बाहिर आउँछ ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा सार्वजनिक कार्यक्रममा यसरी नै प्रायः खरो शैलीमा प्रस्तुत हुनुुहुन्छ ।

लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीचको विवाद र बहस हुनु स्वाभाविक हो तर लोकतान्त्रिक आन्दोलनका सहयात्री दलहरु नै आपसमा लोकतन्त्र पक्षधर र विपक्षीको आरोप प्रत्यारोपमा उत्रिन थालेका सन्दर्भमा मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको सोमबारको कार्यक्रममा पनि वर्तमान सरकारलाई लोकतन्त्रविरोधी भनिनु कतैबाट पनि पुष्टि हुन नसक्ने ठोकुवा गर्नुभयो ।

मन्त्रीको उक्त अभिव्यक्तिलाई रुपन्देहीका पत्रकारले लोकतन्त्रको प्रश्नमा सरकारको स्पष्ट प्रतिबद्धताका रुपमा लिएका छन् । मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रमा गर्न थालेको योजनाका बारेमा पनि सरकारको स्पष्ट सोच राख्नुभएको प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको धारणा छ । ज्ञवालीले यसैगरी स्पष्ट जानकारी दिने हो भने जनता भ्रममा पर्ने थिएनन्, सरकारले गरेका कामको बारेमा स्पष्ट हुने थियो । 

मन्त्री बाँस्कोटाले सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा देख्ने, प्रेस स्वतन्त्रता हनन भएका जस्ता गलत हल्ला चलाइएको गुनासो पनि गर्नुभयो । मन्त्री बाँस्कोटाले कम्युनिष्ट नभएको भए देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउन सम्भव नभएको बताउदै अर्को चुनावसम्म धैर्य गर्न काङ्ग्रेसलाई सुझाव दिनुभयो ।

उहाँले छयालीस सालमा मदन भण्डारी र गणेशमान सिंहको सहकार्यका कारण र २०६२।०६३ सालको परिवर्तन कांग्रेस एक्लैले नभई कम्युनिस्टको साथका कारण आएको स्पष्ट गर्नुभयो । पन्ध्र सालमा दुई तिहाइ ल्याएका बिपी कोइरालालाई पनि बदनाम गराएर लोकतन्त्रको हरण गराइएको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको सरकारलाई बदनाम र असफल बनाएर के नेपाली काँग्रेस प्रतिगमनमा जान चाहन्छ ?” 

मन्त्री बाँस्कोटाले सरकारले राम्रा काम गरिरहेको भए पनि दुई तिहाइको सरकारले केही काम गर्न नसकेको भन्ने भ्रम फैलाउने काम भइरहेको बताउनुभयो ।

उहाँले कम्युनिष्ट सरकारले काम गर्दा अरुलाई पीडा भएकाले त्यसलाई चर्चामा ल्याउनाको अर्थ नरहेको बताउदै अब कम्युनिष्ट सरकार पाँच वर्ष मात्रै नभई आउँदो चुनावमा पनि जनताको मन जितेर चुनाव जित्ने जिकिर गर्नुभयो । बताउनुभयो । 

उहाँले लोकतन्त्र नेपाली जनताको त्याग र बलिदानीबाट आएको बताउँदै कम्युनिष्ट नाम र दुई तिहाइसँग कोही पनि तर्सिनु आवश्यक नरहेको स्पष्ट गर्नुभयो ।

मन्त्री बाँस्कोटाले ६५ वर्ष पुगेका पत्रकारलाई निवृत्तिभरणको व्यवस्था र सञ्चारग्राम स्थापनाका लागि सात वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको महत्वपूर्ण काम भएको बताउनुभयो । 

मिडियाले पनि राम्रा काम देखाउन नसकेको र खेद्ने काम मात्र गरेको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “काग कराउंदै गर्छ पिना सुक्दै जान्छ भनेझैँ सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढेको छ ।” 

सरकारका कामबाट असन्तोष हुने अवस्था छैन भन्दै उहाँले लोकतन्त्रमा सबै विधि, प्रक्रिया र प्रणाली मिलाउँदा छिटोछरितो रुपमा काम गर्न सरकारले नसक्ने बताउनुभयो । कतिपयले यो व्यवस्थाभन्दा राजतन्त्र वा अरु नै ठीक भनेर भन्न र लेख्न थालेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । 
महासङ्घ शाखाको साधारणसभाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत कात्तिक १ गतेदेखि लागू हुने गरी २५ प्रतिशत वृद्धि गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सम्पूर्ण सञ्चारगृहलाई आग्रह गर्दै प्रभावकारी अनुगमन र निरीक्षणका लागि सरकारसँग माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group