ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा गोल्डकप : नेपाल पुलिस क्लब सेमी फाईनलमा प्रवेश


sharan sharan
७ फाल्गुन २०७५, मंगलबार   ९ : ३१   बजे


बुटवल, ७ फागुन ।
रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लबका विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दार्जिलिङ्ग युनाईटेड भारतलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाईनलमा पुगेको हो । पुलिसको जितमा रबि पासवान नायक रहे । उनले ब्यक्तिगत एक गोलसंगै अर्को एक गोलका लागि अवसर सृजना गरेका थिए ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरलाई खेलमैदान शुरुवातमा दाजिलिङ्गले आक्रमक खेल प्रदर्शन गरेको थियो । खेलको २० औ मिनेटमा दाजिलिङका कनोज केले पुलिसको डिफेन्सको कमजोरीको अवसरलाई सदुपयोग गर्दै गरेको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले विफल पारिदिए । यसैगरि पुलिसका रबि पासवानले २२ औ मिनेटमा गरेको प्रहार पोष्टमा लागेर फर्किएक‍ो थियो ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो हाफको ईन्जुरी समयमा पुलिसका रबि पासवानले गोल गरे । उनले वन भर्सेज वानमा दाजिलिङ्गका गोलकिपर सन्जिव राउतलाई विट गर्दै ग‍ोल गरेका थिए । पहिलो हाफमा गोल खाएपछि सम्हालिएको खेल प्रदर्शन गरेको दाजिलिङ्गलाई भाग्यले पनि साथ दिएन । धेरै गोलका अवसरहरु दाजिलिङ्गका स्ट्राईकरले गुमाए ।
खेलको ६८ औ मिनेटमा पुलिसका मिलन राईले जालि चुमाईका थिए ।
खेलमा विजयी टिमका प्रहरीका रबि पासवान म्यान अफ द म्याच घोषित हुदै नगद १० हजार र कपबाट पुरस्कृत भएका छन । प्रतियोगिता अन्तरगत बुधबार समुह ए को क्वाटरफाईनल खेलमा झापा –११ ले दाफिन्स एफसी क्यामरुनको सामना गर्ने छ ।
प्रतियोगितामा प्रथम हुनेले ८ लाख ८० हजार, द्वितिय हुनेले ५ लाख ५० हजार पुरस्कार र शिल्ड पाउने जिल्ला फुटवल संघले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीले एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले २५–२५ हजार रुपैया र शिल्ड पाउने छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu