ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा आवश्यक : मन्त्री पोखरेल


admin
१२ फाल्गुन २०७५, आइतबार   ८ : ३९   बजे


भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले देशलाई समृद्ध बनाउन व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ । 

सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को ३१औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सबै स्थानीय तहमा व्यावसायिक र प्राविधिक शिक्षा पु¥याउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा महत्वपूर्ण रहको उहाँको भनाइ थियो । 

मन्त्री पोखरेलले भन्नुभयो, “सरकारले आगामी दुई वर्षभित्रमा देशका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने काम गरिरहेको छ, देशलाई समृद्ध बनाउनका लागि सिटिइभिटीको भूमिका महत्वपूर्ण छ ।” शिक्षा सेवामा काम गर्ने व्यक्ति नाफामुखीभन्दा पनि सेवामुखी हुनुपर्ने उहाँको भनाइ थियो । निजी शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सेवामुखी बन्न मन्त्री पोखरेलले निर्देशन दिनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले सरकारले निर्माण गर्न लागेको शिक्षा ऐनले सिटिइभिटीको मर्ममा कुनै कमी हुन नदिएको दाबी गर्नुभयो । सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्न सिटिइभिटीको भूमिका सधैँ सराहनीय हुने उहाँले बताउनुभयो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेतले देशमा आवश्यक दक्ष जनशक्ति पूर्ति गर्न सिटिइभिटीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । सिटिइभिटीका सदस्यसचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले उत्पादित जनशक्तिले राम्रो आयमूलक रोजगारी पाउँदै आएको बताउनुभयो । 

शैक्षिक सत्र २०७३÷७४ मा सिटिइभिटीअन्तर्गत आङ्गिक शिक्षालय १९ वटामा सञ्चालन तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) कार्यक्रम सञ्चालन गर्ने विद्यालयको सङ्ख्या ११७ रहेको वाग्लेदे बताउनुभयो ।

हाल आङ्गिक शिक्षालयको सङ्ख्या ४५ तथा १८ आङ्गिक शिक्षालयमा कार्यक्रम थप गरिएको छ । टेक्स विद्यालयको सङ्ख्या ३९७ पुगेको छ । शिक्षालयमा कृषि, इञ्जिनीयरिङ, स्वास्थ्य, होटल व्यवस्थापन जस्ता प्राविधिक कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रशिक्षार्थीको भर्ना क्षमता ४४ हजार ३५० बाट बढेर ६० हजार ८६९ जना पुगेको छ । “राज्यको पहुँचबाहिर रहेका वर्गलाई खान, वस्न, पोशाक र यातायत सुविधासहित विशेष छात्रवृत्ति व्यवस्था गरी चार हजार ८७० जनालाई प्राविधिक शिक्षा उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो । 

प्रत्येक प्रदेशमा ६ हजार युवाका दरले सातै प्रदेशमा युवालाई निकट भविष्यमै सिटिइभिटीले सीपमूलक तालीम दिने तयारी गरेको छ । लैङ्गिक समानता कायम गर्दै महिला प्राविधिक शिक्षातर्फ आकर्षित गर्न हरेक महानगरपालिकामा महिला पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्ने तयारी छ ।

सो अवसरमा दोलखास्थित जिरी प्राविधिक शिक्षालका कर्मचारी देवबहादुर जिरेललाई यस वर्षको सर्वाेत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । त्यस्तै उत्तरपानी प्राविधिक शिक्षालय धनकुटाका कर्मचारी रामकृष्ण डङ्गोल, बागलुङको धौलागिरि प्राविधिक शिक्षालयका बज्रमोहन पौडेल, राप्ती प्राविधिक शिक्षालयका सुमेरन चौधरी र सिटिइभिटी केन्द्रीय कार्यालयका शान्ति मल्ल भुुजुलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu