ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ जिल्लामा हिमपात, विद्युत सेवा अवरुद्ध


एबीसी न्यूज
१५ फाल्गुन २०७५, बुधबार   ११ : ०७   बजे


बझाङ , १५, फागुन । जिल्लामा परेको हिमपातका कारण विद्युत सेवासमेत अवरुद्ध भएको हो । बझाङ जिल्लामा विद्युत आपूर्ति गर्ने राष्ट्रिय प्रसारण लाइन आइतबार अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुर अन्धकार बनेको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालीत ७ ओटा रेडियोपनी बन्द हुनुका साथै विद्युतबाट सञ्चालन हुने सबै कामहरु अवरुद्ध भएका हुन् । विद्युत प्राधिकरणका बझाङका वितरण केन्द्र प्रमुख राकेशप्रसाद भट्टले सोमबार दिउँसो देखि परेको पानी र हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । पुस महिनादेखि बझाङमा अहिलेसम्म चार पटक हिमपात भइसकेको छ ।

भारी वर्षा र हिमपात भएका बेला बझाङमा विद्युत सेवा अवरुद्ध हुने गरेको छ । कहिले पोल ढल्ने, कहिले चट्याङ परेर बिजुलीका पोलमा राखिएको इन्सुलेटर पड्किने समस्याका कारण विद्युत सेवा अवरुद्ध हुने गरेको कार्यालय प्रमुख भट्टले बताउनुभयो । बैतडीको खोड्पेबाट बझाङका लागि ३३ केभीको लाइन ल्याइएको छ । विद्युत बन्द भएको क्षेत्रमा मर्मतका लागि प्राविधिकको टोली खटिएको र केही समयपछि विद्युत सञ्चालनमा आउन सक्ने भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

पीडित अझै रोइरहेका छन्, सरकारको सफलताको जयजयकार किन ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu