ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीको रेसुङ्गामा चौथो पटक हिमपात


admin
१५ फाल्गुन २०७५, बुधबार   ३ : २८   बजे


तम्घास, १५ फागुन । गएरातिदेखि परेको वर्षाका कारण गुल्मीको रेसुङ्गा, मदाने, सत्यवतीलगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपात र वर्षाका कारण बुधबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्ला सदरमुकाम तम्घासलगायतका उच्च भू–भागमा निकै चिसो समेत बढेको छ ।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सवारी साधन कमै मात्रमा सञ्चालन भएका छन् । वर्षासँगै ग्रामीण सडकमा हिलो थुप्रिएका कारण सवारी साधन सञ्चालनमा समस्या भएको हो । सरकारी कार्यालयमा सेवा लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या आज न्यून रहेको छ । 

सदरमुकाम तम्घाससँगै जोडिएको रेसुङ्गा क्षेत्रअन्तर्गत पोखरी, यज्ञशाला, सिद्धस्थान, भ्यूटावरलगायतका क्षेत्रमा व्यापक हिमपात भएपछि सदरमुकाम तम्घासमा अत्यधिक चिसो बढेको छ । 

चिसोका कारण कतिपय विद्यालयमा पठनपाठन समेत प्रभावित बनेको छ । हिउँ र हिउँदे वर्षाले खेतबारीमा लगाएका बालीनाली सप्रिने र खेतीपाती समेत राम्रो हुने भएका कारण जिल्लाका कृषक खुशी भनेका छन् । गुल्मीमा यसवर्ष मात्र चौथो पटक हिमपात भएको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

पीडित अझै रोइरहेका छन्, सरकारको सफलताको जयजयकार किन ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu