ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेग स्पिनर सन्दीपको उत्कृष्ट बलिङ,लिए ४ विकेट


admin
१५ फाल्गुन २०७५, बुधबार   ७ : ३५   बजे

काठमाडौं,१५ फागुन ।  नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले पाकिस्तान सुपर लिग (पिपिएल)मा उत्कृष्ट बलिङ गरेका छन् । 

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आजको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् । टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए ।

उनको १५ बलमा विपक्षी खेलाडीले कुनै रन लिन सकेनन् । सन्दीपको बलमा आज विपक्षीले छक्का र चौकासमेत प्रहार गर्न सकेनन् । यसअघि उनले टी–२० प्रतियोगितामा चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए । 

दुबईमा जारी (पिपिएल)अन्तर्गत आजको खेलमा सन्दीपले पहिलो विकेटका रुपमा ग्लाडिएटर्सका ओपनर सेन वाट्सनलाई चौथो ओभरमा सात रनमा एलबिडब्लूको धरापमा पारेका थिए ।

छैटौँ ओभरको पहिलो बलमा सन्दीपले रोली रस्सोलाई पवेलिन फर्काए । त्यही ओभरको अन्तिम बलमा उनले उमर अकबललाई एक रनमा आउट गरेका थिए । सन्दीपले चौथो विकेट डानिस एजाजको लिएका थिए । 

यसअघि यही फागुन १० गते भएको पहिलो खेलमा सन्दीपले मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टिमुरेबाट ११६ जनाको उद्धार, उद्धारका लागि १५ भन्दा बढी उडान

भारतद्वारा भोटेकोशी बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री सहयोग

सम्बन्धित

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu