ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुरमा प्राविधिकद्वारा कामकाज ठप्प


admin
१६ फाल्गुन २०७५, बिहिबार   ७ : ००   बजे


भोजपुर, १६ फागुन । स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो । समितिले चारबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहमा कार्यरत इञ्जिनीयर तथा प्राविधिकले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । खाइपाइ आएको भौगोलिक प्रोत्साहन भत्ता तत्काल निर्णय गरी मासिकरुपमा उपलब्ध गराउनुपर्ने, प्राविधिकको स्वास्थ्य बीमा तत्काल लागू गर्नुपर्ने, स्थानीय तहमा रहेका प्राविधिकको स्थायित्व र दुर्घटना बीमा तत्काल लागू गर्नुपर्ने र प्राविधिकलाई गाउँमा सहजरुपमा बस्ने व्यवस्था तथा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अध्यक्ष वसन्तकुमार चौधरी र सचिव दीपककुमार शाहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । 

तीन स्वास्थ्य केन्द्र अस्पताल बन्ने 

तीन प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेसँगै तीन स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो । 

षडानन्द नगरपालिकाको मूलपानी प्राथमिक स्वास्थ्य केन्द्र, अरुण गाउँपालिकाको प्याउली प्राथमिक स्वास्थ्य केन्द्र र हतुवागढी गाउँपालिकाको घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ श्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रमअनुसार स्तरोन्तति गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । महाशाखाका अनुसार पाँच वषभित्र करीब ६४० स्थानीय तहमा १५ श्ययाका अस्पताल निर्माण गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group