ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ?


admin
१६ फाल्गुन २०७५, बिहिबार   ८ : २१   बजे

काठमाडौं,१६ फागुन ।  काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्राय समस्या यिनै हुन् । 

तर आज काठमाडौ भक्तपुर रुटमा गाडी चलाउने एउटा यस्ता चालक भेटिए जो चालक नभइ सरसफाइ अभियानकर्मी हुन् कि भन्ने जोकोहीलाई लाग्नसक्छ । काठमाडौँ बागबजार बसपार्कबाट गाडी छुट्न लाग्दा आफ्नो सिटबाटै सानो माइकमा उद्घोष गर्छन्, “यहाँहरुलाई स्वागत छ । सूचना÷प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर किन्न सक्नुहुन्छ । तर फोहोर ढोका नजिकैका डस्टबिनमा राख्नुहोला । धन्यवाद” 

यति भन्दै गर्दा यात्रु भित्र पसेपछि गाडीको ढोका आफै बन्द हुन्छ । बसमा सहचालक छैन । हँसिलो मुहार सहितको उनको यो स्वागत तथा जानकारी सुन्दा लाग्छ यो यात्रुलाई विशेष सुविधा सहितको डिलक्स बस हो र कतै कुनै पर्यटकीय क्षेत्रमा घुम्न लाँदैछ । तर तेसो होइन । यो त सामान्य मिनिबस हो –बा ४ ख २७२४ नम्बरको, जुन काठमाडौ बागबजारबाट नयाँबाटो भक्तपुर, क्यान्सर हस्पिटलहुदै ब्यासी रुटमा चल्दै आएको छ । 

यी बस चालक भक्तपुरका गंगाराम खाइजु हुन् । दुई दशक अनुभवपछि उनले यो नयाँ प्रयोग गरेका हुन् । सन्देशमूलक प्लेकार्डले भरिभराउ उनको यो बसमा खानेपानी र चाउचाउ पनि उपलब्ध छ । खान मनलाग्ने जो कोहि यात्रुले किनेर खान सक्छन् । तर प्लास्टिकका बोतल, चाउचाउको खोल भने बसभित्र फ्याँक्न मनाही छ । 

उनको बसको अघिल्तिर भित्ताको प्लेकार्डमा लेखिएको छ – ‘फलफूल, कुरकुरे, लेज, बदाम तथा अन्य खाद्यवस्तुबाट बोक्रा, प्लाष्टिकजस्ता फोहोर वस्तु डष्टविनमा हाली आफूलाई सभ्य नागरिकको पहिचान दिऊ ।’ ‘पानी प्रति बोतल रु २० तथा चाउचाउ प्रति प्याकेट रु २० मा उपलब्ध छ ।’ यो बसमा चाउचाउको खोल, बदामको बोक्रा, प्रयोग गरेको पानीको बोतल राख्न चालक खाइजुले ढोकाको छेउमा डस्टबिन पनि राखेका छन् । 

तपाईँकोमा सहचालक छैन नि भन्ने प्रश्नमा उनले भने– गाडीको ढोका अटोमेटिक खुल्छ, बन्द हुन्छ । नौ महिना भयो मैले सहचालक राख्न छोडेको । सहचालक राख्दा यात्रु ढोकामा झुण्डिने, ढोकानिर बढी भिड हुने र दुर्घटना पनि हुनसक्ने भएकोले मैले स्वचालित ढोका प्रयोगमा ल्याएँ । 

यो बसका अरु सन्देशमूलक प्लेकार्डहरु यस्ता छन् –‘गाडीबाट निस्कने फोहोर धुलोलाई जथाभावी नफालौँ, प्रत्येक गाडीमा डस्टबिनको प्रयोग गरौँ, व्यवसायी चालक सहचालकज्यूहरुलाई अनुरोध गर्दछु । धन्यवाद’ । ‘गाडी भाडा आफू चढेको ठाउँ भनेर चालकलाई दिनुहोला ।’ रु एक हजार तथा रु ५०० को रकम भए खुद्राको लागि पहिले नै चालकलाई भन्नुहोला ।’ 

उनको यो जानकारी तथा सन्देशले यात्रुलाई रमाइलो नलाग्ने कुरै भएन । बसका यात्रु सुजन सुवेदी भन्छन्– “म यो बसमा दोश्रो पटक यात्रा गर्दैछु । म यी प्लेकार्डमा लेखिएका सन्देशबाट निक्कै प्रभावित भएँ ।” त्यसैगरी अर्की यात्रु निशा मगर भन्छिन्, “मलाई यी सन्देश पढ्दा निक्कै रमाइलो लाग्यो ।

वास्तवमा सबै वसमा यस्तै हुनु पर्ने हो । यसबाट हामी यात्रु पनि सुध्रनु पर्छ जस्तो लाग्छ ।” चालक खाइजू आफू काठमाडौ उपत्यकाको फोहोर देखेर दिक्क लागेको बताउछन् । उनी थप्छन्, “यदि हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट सरसफाइका लागि सानो प्रयास गरे पनि राम्रो हुन्छ जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group