ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति यादव


admin
१८ फाल्गुन २०७५, शनिबार   १ : ३६   बजे

काठमाडौं,१८ फगुन ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । 

डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा उहाँले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिनुभयो । 

“विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि प्रतिस्पर्धी बनाउनु आवश्यक छ,”– उहाँले भन्नुभयो । 

अहिले शिक्षकले विद्यार्थीलाई रोवर्ट बनाएको छ की मान्छे भनी प्रश्न गर्दै उहाँले मुलुकको भूगोल र सामाजिक विविधता बुझ्ने शिक्षा प्रदान गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । 

पूर्व राष्ट्रपति डा यादवले मधेश र पहाड मिलाएर गएमात्र मुलुकको विकास हुने बताउनुभयो । काङ्ग्रेसको तर्फबाट राष्ट्रपति बन्नुभएका डा यादवले नेपाली काङ्ग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले पैसामा सांसद पद बेच्नु दुर्भाग्य भएको बताउनुभयो । 

प्रदेश नं–३ का प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालयको स्थिति राम्रो नभएको बताउनुभयो । 

उहाँले सामुदायिक विद्यालयको विकासका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

प्रदेश नं –३ का अर्का प्रदेशसभा सदस्य गणेश दुलालले नारी शिक्षाको लागि मुलुकले जति पहल गर्नुपर्ने हो त्यो पूर्ण नभएको बताउनुभयो । “सक्षम जनशक्ति नेपालमा रोक्न नसकेसम्म सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुनसक्दैन,”–उहाँले भन्नुभयो । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वमन्त्री होमनाथ दाहालले सरकारले सामुदायिक विद्यालयलाई विशेष सहयोग गर्नुपर्ने बताउनुभयो । शिक्षामा नारीको पहुँच बढाउनका लागि विसं २०३७ मा स्थापना भएको क्याम्पसमा हाल स्नातक तहमा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन, बिबिएम तथा स्नाकोत्तर तहमा अङ्ग्रेजी, नेपाली, समाजशास्त्र, र व्यवस्थापन तहको पढाइ सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख अपराजिता अर्यालले जानकारी दिनुभयो । 

पूर्व सांसद सावित्रा भुसाल, क्याम्पस व्यवस्थापन समिति सदस्य देवी लामा, पद्यकन्या विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष सुनिल पौडेल नेपाल प्राध्यापक सङ्घका केन्द्रीय सदस्य भोलानाथ रेग्मी, क्याम्पसका विद्यार्थी सरस्वती श्रेष्ठ, क्याम्पस अल्मुनाई एशोसियशनका अध्यक्ष राधिका चम्लागाँईलगायतले नारी शिक्षाको विकासमा क्याम्पसले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । 

कार्यक्रममा नृत्य, गायन, कविता, निबन्ध, वादविवाद, हाजिरजवाफ, ब्याटमिन्टन, खोखो, सटबुट, भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । 

यसैगरी, विभिन्न व्यक्तिले स्थापना गरेको छात्रावृत्ति समेत प्रदान गरिएको थियो । क्याम्पसबाट विभिन्न तहमा सर्वोकृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । क्याम्पसमा लामो समयदेखि प्राध्यापन गर्ने शिक्षकलाई समेत सम्मान गरिएको थियो । 

यसैगरी क्याम्पसमा अध्ययनरत शिक्षक श्रीकृष्ण खरेललाई विद्यावारीधि गरेवापत सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group