ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकारीका अधूरा सपना पूरा गर्ने प्रतिबद्धता


एबीसी न्यूज
२१ फाल्गुन २०७५, मंगलबार   २ : ५२   बजे


काठमाडौँ, २० फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताउनुभएको छ । निधनको साताँंै दिन आज स्व अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र विकासप्रेमी नेताका रुपमा उहाँको भावपूर्ण स्मरण गरियो । 

श्रद्धाञ्जलिसभामा नेकपा स्थानीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको निधनले राष्ट्र र नेकपाको पार्टी सङ्गठनमा अपूरणीय क्षति पुगेको बताउनुभयो । “पर्यटन क्षेत्रको विकासमा उहाँले पु¥याउनु भएको योगदान अतुलनीय भएको ” मुख्यमन्त्री गुरुङले मन्त्री अधिकारीले शुरु गरेका पोखरा, निजगढ, गौतमबुद्ध जस्ता विमानस्थल समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । 

सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्र्याउने अधिकारीको योजनालाई साकार पार्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि तीनवटै तहका सरकारको सक्रियता र समन्वयको आवश्यकता औँल्याउनुभयो । 

नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले देशमा समृद्धि एवं विकासका लागि उहाँले खेल्नुभएको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले थालेका अपुरा कामलाई सम्पन्न गर्नुपर्ने बताउनुभयो । मन्त्री अधिकारी पार्टी सङ्गठनलाई मजबुत बनाउन उच्चकोटीको राजनेताका रुपमा रहेको चर्चा गर्दै उहाँले अधुरा सपना साकार बनाउन सिङ्गो पार्टी पङ्ति र सरकार सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले युवा पुस्तालाई राज्यको मूलधारमा ल्याउनु पर्दछ भन्ने सोच भएका नेताका रुपमा अधिकारीको स्मरण गर्दै उहाँका विचारलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो । सकारात्मक सोचका धनी मन्त्री अधिकारी समाजको रुपान्तरणका पक्षमा निरन्तर क्रियाशील रहेको बताउँदै उहाँले अधिकारीको चिन्तन एवं सक्रियता प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group