ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा


admin
२४ फाल्गुन २०७५, शुक्रबार   १२ : १९   बजे

चितवन, २४ फागुन ।  पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा ¥याफ्टिङ गराएको छ ।

धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर ¥याफ्टिङ यात्रा सम्पन्न गरेको छ । 

पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले ¥याफ्टिङबाट झरेपछि जीवनमा एकपटक ¥याफ्टिङ यात्रा गर्नैपर्दोरहेछ भन्नुभयो । शुरुमा डर लागे पनि यात्रा गर्दै जाँदा अविस्मरणीय अनुभव भएको वनको भनाइ छ । सन् २०२० मा स्वदेशी र विदेशी धेरै पर्यटक चितवनमा भित्र्याउने योजनासहित लागि पर्नुभएका वनले पर्यटकीय गतिविधिका हिसाबले हामी निकै धनी रहेको बताउनुभयो । 

काठमाडौँबाट आउने पर्यटक त्रिशूली नदीमा ¥याफ्टिङ गर्दै नारायणगढ पुग्न सकिने सन्देश यस कार्यक्रमले दिएको प्रदेशसभा सदस्य कृष्ण खनालले बताउनुभयो । 

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन र चितवनको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित त्रिशूली नदीमा ¥याफ्टिङ गरिएको बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र पूर्वप्रतिनिधिसहित ३५ जनाको टोलीले ¥याफ्टिङ गरेको हो । 

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा हरेक वर्ष दुई लाखको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । जिल्लामा आउने पर्यटकको मुख्य गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । यससँगै पवित्र तीर्थस्थल देवघाट, सिराइचुली, लामो झरना, थारु संस्कृतिसँगै जलयात्रा हुने गर्दछ । 

पर्यटकको बसाइँ लम्ब्याउनका लागि नयाँ गन्तव्यको खोजी गर्नुपर्ने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group