ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन दुव्र्यवहारबाट पीडित छन् बालबालिका


admin
२५ फाल्गुन २०७५, शनिबार   ११ : ४३   बजे

काठमाडौं ,२५ फागुन ।  पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन् । 

सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वद्र्धनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहुँदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले पनि बालबालिका यौन दुव्र्यवहारको शिकार हुने गरेका छन् । यसबारेमा अधिकांश घटना बाहिर आए पनि कतिपय घटना बाहिर आउन सकिरहेका छैनन् । 

केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा ९८ बालबालिकामाथि बाल यौन दुव्र्यवहार र बलात्कार भएका घटना प्रकाशमा आएका छन् । यस अवधिमा एक बालक विदेशी नागरिकबाट यौन दुव्र्यवहारमा परेका छन् भने ९७ बालिका बलात्कृत भएका छन् । 

स्वीस नागरिक पिटर भन्ने व्यक्तिले फेसबुकबाट चिनजान गरी नेपाल आएर बाल यौन दुव्र्यवहार गरेका थिए । निजमाथि कानूनी कारवाही अगाडि बढाइएको छ । 

बालिका बलात्कार भएका घटनामध्ये १२ बालिका सामूहिक बलात्कारमा परेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो । घटनालाई हेर्दा सामूहिक बलात्कारमा परेकी दुई बालिका सुस्तमनस्थितिका थिए । बलात्कारका घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३६ बालिका बलात्कार भएको समितिले जनाएको छ । 

प्रतिवेदनअनुसार छिमेकीबाट १९, आफ्नै बुबा तथा हाडनाताबाट १७, प्रधानाध्यापक तथा शिक्षकबाट छ, सरकारी कर्मचारीबाट तीन, घरेलु बालश्रममा रहेका चार र अपरिचित व्यक्तिबाट ११ बालिका बलात्कृत भएका छन् । हाडनाताबाट बलात्कार भएका १७ बालिकामध्ये नौ बालिका आफ्नै बाबुबाट बलात्कार भएका छन् । बलात्कारमा संलग्न अभियुक्तमध्ये १५ बालक नै रहेको र ६० वर्षमाथिका व्यक्तिबाट सात बालिका बलात्कृत भएको सूचना अधिकारी चन्दको भनाइ छ । 

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा पाँच वर्ष वा सोभन्दामुनि नौ, छ देखि १० वर्षका १९, ११ देखि १४ वर्षका ४४ र १५ देखि १८ वर्षका २५ बालिका रहेका छन् । समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, भेदभाव, अपहरण, उपेक्षा, हेपाइ र बेवास्ताजस्ता हानिकारक अभ्यासबाट संरक्षण गर्नु मुख्य त अभिभावकको दायित्व हो भन्नुहुन्छ । 

सबैभन्दा कम उमेरको महोत्तरीमा आठ महीने बालिकालाई अपहरणपश्चात बलात्कार गरी हत्या गरिएको छ भने ११ देखि १४ वर्ष उमेरका बालिका धेरै सङ्ख्यामा बलात्कारबाट पीडित भएका छन् । उक्त घटनामध्ये सर्वाधिक चर्चामा रहेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको घटनाका विषयमा हालसम्म पनि सत्यतथ्य बाहिर आउन सकिरहेको छैन । तर अनुसन्धान जारी छ । सत्यतथ्य पत्ता लगाउनेबारे प्रतिपक्ष राजनीतिक दलका नेताहरुले संसद्मा समेत पटक–पटक कुरा उठाउँदै आएका छन् । 

यस अवधिमा ४६ जिल्लामा भएका जम्मा घटनामध्ये जिल्लागत रुपमा विश्लेषण गर्दा सबैभन्दा बढी सप्तरी र पाल्पामा पाँच÷पाँच बालिका बलात्कारबाट पीडित भएका छन् । बालबालिका यौन दुव्र्यवहारबाट मात्र नभई बलात्कार, बालविवाह, हत्या, बालश्रम, बेचविखन तथा ओसारपसार, अपहरण र बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायबाट समेत पीडित हुनुपरेको छ । 

बाल यौन दुव्र्यवहारको अन्त्य गर्ने हो भने सरकार र सरोकारवाला सङ्घ÷संस्थाले बालबालिकाको हकहित र अधिकारका लागि निर्माण गरिएको संविधान, ऐन÷कानून र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । बाल दुव्र्यवहार जोकसैबाट जहाँ पनि हुनसक्ने भएकाले यस बारेमा बालबालिकादेखि अभिभावकसम्म सबै सतर्क, सचेत र सजग रहन आवश्यक छ । 
रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group