ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीलाई पूर्वाधार तथा प्रविधिमैत्री बनाइने


admin
२५ फाल्गुन २०७५, शनिबार   १२ : ०५   बजे

फिदिम, २५ फागुन ।  प्रदेश नं १ मा नेपाल प्रहरीलाई पूर्वाधारयुक्त तथा प्रविधिमैत्री बनाइने भएको छ । भौतिक पूर्वाधार र प्रविधिको अभावमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई चुनौती रहेकाले प्रदेश सरकारले चालू आर्थिक वर्षमा पूर्वाधार विकास, सूचना सञ्चार र प्रविधिका लागि बजेट छुट्ट्याएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरमा महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री आङ्बोले प्रहरीको मनोबल उच्च बनाउन प्रदेश सरकारले प¥र्याप्त बजेट छुट्ट्याउँदै जाने बताउनुभयो । 

उहाँले प्रदेश प्रहरीको भवन र थप पूर्वाधारका लागि रु २९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

पाँचथरमा जिल्ला प्रहरी कार्यालयभित्र महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनका लागि रु एक करोड इलाका प्रहरी कार्यालय अमरपुर र खान्द्रुङ तथा प्रहरीचौकी फाक्तेपको भवन निर्माणका लागि रु तीन÷तीन करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रहरीलाई पूर्वाधारयुक्त र प्रविधिमैत्री बनाउन प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालयका लागि एउटा चारपाङ्ग्रे सवारी साधन तथा पाँचथरका विभिन्न प्रहरीचौकीका लागि १२ वटा मोटरसाइकल समेत प्रदान गरेको मन्त्री आङ्बोले बताउनुभयो । प्रदेशका सबै प्रहरीचौकी तथा पोष्टका लागि स्थायी मोबाइल सेट र सिमकार्डसमेत प्रदेश सरकारले उपलब्ध गराउने भएको छ । 

फरक प्रसङ्गमा मन्त्री आङ्बोले राजनीतिक रुपमा असन्तुष्ट पक्षलाई समेत संवादका माध्यमबाट मूल राजनीतिक प्रवाह आउन अपिल गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी मुरारी बस्तीले पूर्वाधारको अभावमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई समस्या रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रनाउ नरेन्द्र कुँवर समयमै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu