ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको ‘एक टोल एक घण्टा’ अभियानमा ठुलोमात्रामा प्रहरी परिचालन


एबीसी न्यूज
३० फाल्गुन २०७५, बिहिबार   १२ : ०३   बजे

चितवन ३० फागुन । चितवन प्रहरीले ‘एक टोल एक घण्टा’ अभियानलाई तिव्रता दिएको छ ।
अभियानको नेतृत्व इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले गरेका छन् ।
अभियानकै क्रममा प्रहरीले एक लाख ७ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
प्रहरीले यहि फागुन २३ गते देखि २९ गते सम्म सञ्चालन गरेको अभियानका क्रममा पूर्वी चितवनको कालिका,रत्ननगर,खैरहनी र राप्ती नगरपालिका विभिन्न क्षेत्रहरुमा प्रहरीहरु परिचालन गरिएको थियो ।

अप्रेसनमा प्रहरी नायव उपरीक्षक ज्ञवाली,इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेब साउद,इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्य, रत्ननगरका प्रहरी निरीक्षक उमेश अमात्य सहित दैनिक ६० जनाको प्रहरीहरु अप्रेसनमा खटिएका थिए ।
उक्त अभियानका क्रममा प्रहरीले बरामद गरेको अवैध घरेलु मदिरा स्थानियबासी र जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको थियो ।

प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गर्न सफल भएको दावी गरेको छ । अभियानकै क्रममा प्रहरीले विभिन्न स्थानबाट अबैध नदि जन्य पदार्थ ओसार पोसारमा संलग्न ११ वटा ट्रिपर र ट्याक्टरलाई कारबाही गरिएको छ ।

संकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पूर्वी चितवनबाट १३ जनालाई नियन्त्रणमा लिएको र राप्ती नगरपालिका ३ झुरझुरेका किरण गुरुङलाई घरेलु हातहतियार सहित पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक ज्ञवालीले बताए । प्रहरी अभियाकै क्रममा ३ सय वटा सवारी साधनका अगाडिको झल्लर र स्टीकर समेत हटाइएको छ । स्थानीयले प्रहरी यस अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

प्रहरीले जिल्लामा चलाएको थ्रि–एस अप्रेसन अन्तर्गत पूर्वी चितवन एक हप्ते अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुशीलसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group