ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्याको अनुसन्धान गर्दा सरकारी कर्मचारीको पोल खुल्यो


sharan sharan
६ चैत्र २०७५, बुधबार   ८ : ३२   बजे

नेपालगन्ज, ६ चैत्र । बांकेका सरकारी कर्मचारीहरुले सरकारी जमिन ब्यक्तिका नाममा गराईदिए पछि भएको बिबाद ब्यक्ति हत्या सम्म पुगेको छ । घरजग्गा कारोबारमा संलग्न भारतीय नागरिक जुनेद अन्सारीको हत्याको अनुसन्धानका क्रममा मृतकको घरमा मालपोत कार्यालयको ढड्डा भेटिएपछि एक पछि अर्को गर्दै सरकारी कर्मचारी प्रहरी नियन्त्रणमा पर्न थालेका छन् । मृतक जुनेदको अपहरण तथा ज्यान लिएको अभियोगमा मुद्दा खेपि दुईसातादेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका नेपालगन्जका खैरुल हसन अन्सारीको बयान र मृतकको घरमा फेला परेको ढड्डाका आधारमा बांके र बर्दियाका गरि कम्तीमा ८ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक जुनेदको घरबाट मालपोत कार्यालय बाँकेको सरकारी लिखत भएको प्रमाणित ढड्डा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले स्विकार गरेका छन् ।भूमि सुधार तथा मोलपोत कार्यालय बाँकेको ढड्डा ब्यक्तिको घरमा फेला परेको छ । सोही ढड्डाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सरकारी कागज किर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका ६ जना र दुईजना बर्दियाबाट पक्राउ गरेको छ । ढड्डामा सरकारी जग्गाको श्रेष्ता समेत फेला परेपछि प्रहरीले सरकारी कागज किर्तेको विषयमा थप अनुसन्धान अघि बढाउँदै संलग्न देखिएका कर्मचारीलाई पक्राउ गरेको हो । बाँकेका दुईजना लेखनदारलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालय बाँकेका नासु रामबहादुर खड्का, रुद्र देवकोटा र टंक शर्मा तथा कम्प्यूटर कर्मचारी यज्ञश्वर वली र प्रेमचन्द्र ठकुरी रहेकाछन् । यसैगरी लेखनदार विरबहादुर खड्का पनि पक्राउ परेका छन् । प्रहरीले मालपोत कार्यालय बाँकेका पुर्ब अधिकृत हाल जिल्ला हुलाक कार्यालय बाँकेका अधिकृत पुष्पा श्रेष्ठलाई समेत पक्राउ गरेको छ भने भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका नासु कृष्णलाल शर्मा र खरिदार भूमिराज पोख्रेल समेत प्रहरी नियन्त्रणमा परेकाछन् ।
हत्याको अनुसन्धानका क्रममा सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्न सरकारी कागजाद किर्ते गरेको फेला परेको प्रहरी उपरिक्षक पौडेलले बताउनु भयो ।
प्रहरीका अनुसार नेपालगञ्जमा बस्दै आएका भारतीय नागरिक जुनेद अन्सारी र खैरुल हसन अन्सारीले जग्गाको कारोबार गर्दै आएका थिए । करिब डेढ महिना पहिले जुनेद सम्पर्कविहिन भएका थिए । हराएको भोलीपल्टै भारतमा शव भेटिएको थियो । जुनेदले लगाएको कपडाको आधारमा परिवारले शवको सनाखत गरेको थियो । मृतक जुनेदका परिवारका तर्फबाट घर जग्गाका साझेदार खैरुलको विरुद्धमा जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण तथा ज्यान मुद्धा दर्ता भएको थियो ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले आफु कार्यालय प्रमुखको रुपमा आउनु भन्दा पहिलेको घटनामा कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए । मालपोतका अनुसार, बागेश्वरी मन्दिर नजिकैको खाल्डो भएको जमिन करिब ५ कठ्ठा र कारकादौंमा ५ कठ्ठा १३ धुर जग्गाको कागजात किर्ते गरिएको प्रहरीको दावी छ । ठुलो संख्यमा कर्मचारी प्रहरी हिरासतमा पुगेपछि मालपोत कार्यालयको दैनीक काममा बाधा पुगेको प्रमुख दौल्यालले बताउनु भयो ।
घटनाको अनुसन्धान भई रहेकाले थप बिवरण दिन भने प्रहरीले अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group