ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’, यस्तो हुने छ ‘एक्सन रुम’


एबीसी न्यूज
८ चैत्र २०७५, शुक्रबार   ६ : ३१   बजे


काठमाडौँ, ८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसँग समन्वय र राष्ट्रिय गौरवका आयोजनाको अवलोकनका लागि ‘एक्सन रुम’ बनाउन थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तल्लो तलामा एक्सन रुम बनाउन लागिएको हो । 

प्रधाामन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न र ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नका लागि एक्सन रुम बनाउन थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । 

बोलपत्र आह्वान गरी शास्त्र नेटवर्क सोलुसनले उक्त रुम बनाउन थालेको हो । एक्सन रुममा बन्ने ‘टेलिप्रिजेन्ट’ प्रणालीमार्फत प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष बैठक गर्न सक्ने उहाँले बताउनुभयो । सातवटै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग बैठक गर्नका लागि मुख्यमन्त्रीको कार्यकक्षमा ‘भिडियो कन्फरेन्स’ बनाइनेछ । 

प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम र सात वटै प्रदेशका मुख्य कार्यालयमा रहेको निर्माणमा हुने ‘भिडियो कन्फरेन्स’लाई एकापसमा नेटवर्किङ गरिनेछ । दुवैलाई एकापसमा नेटवर्किङमा जोडेपछि एक्सन रुपबाट प्रधामन्त्री र भिडियो कन्फरेन्स रुमबाट प्रदेश मुख्ममन्त्रीहरु आवश्यक परेको बेला बैठक बस्ने सक्नेछन् । 

“प्रधानमन्त्री ओलीले ‘टेलिप्रिजेन्ट’को माध्यमबाट सात वटै प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष बैठक गर्न सक्नुहुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘एक्सन रुम बनेपछि मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आउनु पर्दैन ।’’ उहाँका अनुसार प्रधानमन्त्री ओली र सात वटै प्रदेशका मुख्यमन्त्रीबीच सङ्घ र प्रदेश विषयमा छलफल गर्न सक्नेछन् । 

प्रधानमन्त्री कार्यालयमा एक्सन रुमबाट सातवटै प्रदेश कार्यालयमा प्रदेश र सङ्घबीच देखिएका समस्या समाधान गर्न सहज हुनेछ । ‘टेलिप्रिजेन्ट’बाट प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक र एकल बैठक बस्न सक्ने व्यवस्था गरिने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताउनुभयो । “भौतिक रुपमा प्रधानमन्त्री र मुख्यमन्त्रीसँगै नभए पनि वास्तविक जस्तै बैठक सञ्चालन हुनेछ,’’ उहाँले भन्नुभयो, “प्रत्यक्ष रुपमा एकापसम कुरा गरे उहाँहरुबीच समसामयिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग एक्लाएक्लै वा सामूहिक बैठक बस्न सक्नुहुनेछ ।” 

एक्सन रुपमा तीन वटा ५५ इञ्चको टेलिभिजन, तीन वटा टेलिप्रिजेन्ट क्यामेरा र माइक (स्पिकर) जडान गरिनेछ । मुख्यमन्त्रीको कार्यालयमा वन्ने भिडियो कन्फरेन्स रुम एक वटा टेलिभिजन, क्यामेरा, माइक र कोडेक (डाटा ट्रान्सफर गर्ने) रहनेछ । एक्सन रुममा अगाडि छ र पछाडि आठ गरी १४ जना बस्न मिल्ने र भिडियो कन्फरेन्स रुममा तीन जनासम्म बसेर बैठक सञ्चालन गर्न सकिनेछ । 

प्रधानमन्त्री कार्यालयमा रहेको माइक सेन्सरजडित रहेको हुनेछ । उक्त सेन्सर जडित माइकले जो बैठकमा बोलिरहेको हुन्छ एक्सन रुममा रहेको टेलिभिजनमा सोही व्यक्तिलाई देखाउने गर्दछ । जसले गर्दा एकापसमा संवाद गर्न सजिलो हुन्छ । 

यसैगरी उक्त एक्सन रुमबाट प्रधानमन्त्री ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजना, प्रधानमन्त्री निवास वालुवाटार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको समेत अवलोकन गर्न सक्नुहुनेछ । राष्ट्रिय गौरव आयोजनास्थलमा आइपी क्यामेरा जडित रहेको हुन्छ । एक्सन रुमसँग आइपी क्यामेराको नेटवर्किङ गरिएको हुन्छ । 

उक्त क्यामेराको सहयोगमा आयोजनामा के भइरहेको छ भन्ने जानकारी प्रधानमन्त्री ओलीले एक्सन रुमबाट लिनुहुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताउनुभयो । ‘‘एक्सन रुमबाट प्रधानमन्त्रीले आयोजनास्थलमा जडान गरिएको क्यामेराको सहयोगले कुन आयोजनाको के कस्तो प्रगति भइरहेको छ भन्ने जानकारी लिनसक्नुहुने छ,’’ उहाँले भन्नुभयो, ‘‘आवश्यक परे प्रधानमन्त्रीले एक्सन रुमबाट भिडियो कन्फरेन्समार्फत नै आयोजना प्रमुखसँग आयोजनाको बारेमा कुरा गर्न सक्नुहुनेछ ।’’ 

उहाँका अनुसार एक्सन रुमबाट प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाइभर्सन, राष्ट्रपति चुरे भावर संरक्षण, सिक्टा सिँचाइ आयोजना, रानी–जमरा सिँचाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्य–पहाडी पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग र काठमाडौँ–तराई दु्रतमार्ग अवलोकन गर्नुहुनेछ । 

रु चार करोड ४८ लाखमा बन्ने उक्त एक्सन रुम दुई महीनाभित्र बनिसक्ने प्रवक्ता कुँवरले जानकारी दिनुभयो । एक्सन रुममा सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयका प्राविधिक कर्मचारी रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group