ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरीसँग एसईई दिँदै सांसद शान्ता चौधरी, बाल्यकालको सपना पुरा हुदैँ


admin
१० चैत्र २०७५, आइतबार   १ : २३   बजे

दाङ,१० चैत । यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतबारदेखि सुरु भएको छ । दाङमा १५ दिने सुत्केरी देखी प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले समेत परिक्षामा सहभागी भएका छन ।

चौधरीले परिक्षा हलभित्र पस्दै गर्दा आफुलाई बाल्यकालको याद आएको बताउनुभयो । सानोमा स्कुल जाने रहर धेरै लाग्थ्यो, तर जान पाईन, आज परिक्षा हल भित्र प्रवेश गर्दै गर्दा आफुलाई बाल्यकालको याद आएको, उहाँले भन्नुभयो । प्रतिनिधिसभा सदस्य चौधरीले आज एसईई दिदाँ बाल्यकालको सपना पूरा भएको समेत बताईन ।

अरु स्कूलले विद्यार्थीसँगै एसइइ परीक्षामा सहभागी भएकी ३८ बर्षीय चौधरीले एसइइ मात्रै होइन, बुढेसकाल सम्ममा भएपनि पनि पिएचडी गर्ने सपना भएको बताईन ।
उनले भनीन, मेरो पिएडि गर्ने धोको छ, अव परिक्षाको नतिजा कस्तो आउछ, त्यहि अनुसार हुने बताई । नेकपाकी सचेतक समेत रहेकी चौधरी आइतबारदेखि सुरु भएको एसइइ परीक्षामा सहभागी भएकि छन ।

तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट चौधरीले परीक्षा दिदै छन । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाई सुरु गर्नुभएको थियो । उन यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिदै छन ।

उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन । विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उहाँले पढाइको महत्व बुझेर मनैदेखी पढाई गर्नुपर्छ भन्ने भावना उत्पन्न भएसंगै कक्षा ८ देखी पढाई शुरु गरेकी थिइन ।

त्यसैगरी १५ दिने सुत्केरी एसइइ परीक्षामा सहभागी भएकि छन । तुलसीपुर उपमहानगरपालिका ६ गाइडर निवासी सुशीला भण्डारी १५ दिनको बच्चा कोखिलामा च्यापेर परीक्षामा सहभागी भएकि हुन । बच्चा हेर्न उहाँका आफन्त पनि सँगै परीक्षा केन्द्रमा पुगेकी छन ।

महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर बाट खुल्ला विद्यालयमा अध्ययन गरेकी भण्डारी माध्यामिक विद्यालय सेन्टर तुलसीपुर केन्द्रबाट परीक्षा दिदै हुनुहन्छ । यसबर्ष दाङमा एसइई परिक्षा सञ्चालनका लागि ४४ वटा परिक्षा केन्द्र तोकिएको छ ।

जसमा ३८ वटा समुदायिक विद्यालय तथा ६ निजी विद्यालयमा एसइई परिक्षा केन्द्र तोकेको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय दाङले जनाएको छ । जिल्लामा यसबर्ष ११ हजार ५ सय ४८ विद्यार्थी एसइई परिक्षामा सहभागी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group