ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पूँजीको निर्माण गर्न सकिन्छ :संयोजक भट्टराई


admin
१० चैत्र २०७५, आइतबार   १ : ५७   बजे

कामाडौं,१० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गर्नु भएको छ । .

पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले बस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिनु भयो ।

आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले तत्कालका निम्ति राष्ट्रिय औद्योगिक पूँजीमा जोड दिएर मात्रै समाजवादी उन्मुख अर्थतन्त्र निर्माण हुने भएकाले सोही अनुसारको योजना बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

संयोजक भट्टराईले राष्ट्रिय पूँजी निर्माणका लागि सरकार र निजी क्षेत्रले मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पूँजीको निर्माण गर्न सकिने संयोजक भट्टराईको भनाई छ ।

संयोजक भट्टराईले राष्ट्रिय पूँजीको विकास गरेर मात्रै सामाजिक सुरक्षाको दायरालाई बढाउन सकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पाँच वर्ष भित्र मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धि हुने दीर्घकालीन सोच सहितको १५ औं योजनाको खाका प्रस्तुत गर्नु भएको थियो ।

खाकाका एक वर्ष भित्र करिव १ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरिएको छ । तामाकोसी जलविद्युत आयोजनालगायतको आयोजना सम्पन्न हुने भएकाले एक वर्ष भित्र करिव १ हजार मेघावाट थप विद्युत उत्पादन गर्ने योजना तय गरिएको पनि राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले जानकारी दिनु भयो ।

आयोगले तयार पारेको १५ औं योजनाको मस्यौदामा मुलुकलाई समृद्ध बनाउन वैदेशिक लगानी भित्र्याउन जोड दिने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group