ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो तामाकोसी छिटो सक्न ठेकेदारलाई मन्त्री पुनको निर्देशन


admin
११ चैत्र २०७५, सोमबार   १ : ०९   बजे


काठमाडौं,११ चैत । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिनुभएको छ ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगर स्थित आयोजना निर्माणको स्थलगत अध्ययन पछि सरोकारित पक्षसंगको अन्र्तरक्रियामा मन्त्री पुनले यस्तो निर्देशन दिनुभएको हो ।

राष्ट्रिय गौरवको आयोजनामा सरकार, संसद देखि सर्वसाधरण र शेयरहोल्डरको चासो तथा आयोजनाले मुलुकको सिंगो अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने भएकाले यसको निर्माण समयमै सक्नुपर्नेमा उहाँले सरोकारवालाहरुलाई सचेत गराउनुभयो ।

आयोजना निर्माणको क्रममा देखिने साना तिना समस्या समाधानका लागि निर्माण कार्यसंग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उहाँले मासिक रुपमा कार्यसमिक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । स–सानामा समस्यामा अल्झेर सधै आयोजनाको समय थप गर्दे लैजानु उपयुक्त नहुने भन्दै उहाँले प्रतिवद्धता अनुसार काम पुरा गर्ने तर्फ सचेत बन्न पनि आग्रह गर्नुभयो ।

उहाँले आन्तरिक छलफलबाट निकास निस्कन नसकेका विषयलाई सरकारले सम्बोधन गर्ने भन्दै २०७६ मंसिरमा परिक्षण उत्पादन सुरु गर्ने गरि निर्माण कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई सरकारले सधै सहयोग गर्ने भन्दै तिब्र गतिमा निर्माणकार्यमा लाग्न पनि उहाँले सचेत गराउनुभयो । अन्तरक्रियामा आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले रकम अभाव नै आयोजनाको मुख्य समस्या भएको भन्दै रकमान्तर गरेर भएपनि आयोजनालाई आवश्यक बजेटको व्यवस्था मिलाउन मन्त्री पुन संग आग्रह गर्नुभयो ।

फागुन मसान्त सम्ममा आयोजनाको ९८ प्रतिशत निर्माण कार्य पुरा भएको छ । ४ सय ५६ मेगावाट क्षमताको मुलुककै ठुलो जलविद्युत् आयोजनामा भारतीय, चिनिया, यूरोपेली विज्ञहरु र कामदार तथा ठेकेदारहरु संलग्न छन् । आयोजना निर्माणको समय लम्बिदै जादा नेपाली मुद्राको अवमुल्यन, मुल्यवृद्धि लगायत कारणले यसको लागत पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group