ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनकारीले गरे पत्रकारमाथि कुटपिट


admin
१५ चैत्र २०७५, शुक्रबार   ६ : ०३   बजे

पाल्पा, १५चैत । पत्रकार महास.घ पाल्पाका शाखा अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय बौडेलमाथि हातपात भएको छ ।

तानसेन नगरपालिकामा धर्नामा रहेका आन्दोलनकारीले पत्रकारमाथि हातपात गरेका हुन् । शाखाका सदस्य विजय बौडेलमाथि हातपात गरेको सुचना पाएपछि तानसेन नगरपालिका क्षेत्रमा पुगेका अध्यक्ष अर्यालमाथि उनीहरुले हातपात गरेका हुन् ।

नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायां बायां १०–१० मिटर चौडा पार्ने निर्णय विरुद्ध तानसेनबासी नगरपालिका कार्यालयमा धर्ना दिंदै आएका छन् ।

तानसेनका बावुराम विष्ट, शैलेन्द्र भट्टराई लक्ष्मण रेग्मी लगायतका व्यक्तिहरुले पत्रकारमाथि हातपात गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ । शाखाका उपसभापति भरत शर्मा र सचिव किरण कौशलद्धारा जारी विज्ञप्तिमा पत्रकारमाथि भएको हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा लगायत पाल्पाका संचारकर्मीले भत्र्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group