ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौरमा बस्दै आएका दुई परिवारलाई लालपुर्जा


admin
१६ चैत्र २०७५, शनिबार   ११ : २०   बजे

वालिङ, १६ चैत । घरबारविहीन भई चौरमा बस्दै आएका दुई परिवारलाई वडा कार्यालयले शुक्रबार लालपुर्जा प्रदान गरेको छ । 

वालिङ नगरपालिका–२ को छतिउनडाँडाका बीना विक र रेशम विकको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । विसं २०७२ को भूकम्पपछि उहाँहरु घरबारविहीन बन्नुभएको थियो ।

वडा कार्यालयले घर जग्गा नभएका घरपरिवारलाई लालपुर्जा वितरण गर्ने सरकारको कार्यक्रमअन्तर्गत आवश्यक सबै प्रक्रिया पूरा गरेर स्थानीय जग्गाधनी ख्यामनारायण काफ्लेको नाममा रहेको जग्गा खरीद गरी प्रदान गरेको हो । 

भूकम्प लाभग्राहीलाई जग्गाको लालपुर्जा प्रदान गर्दै वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले वडाले उपलब्ध गराएको जग्गाको धेरैभन्दा धेरै सदुपयोग गर्न आग्रह गर्नुभयो ।

“नगरपालिकाको नियमअनुसार साढे दुई आनामा बनाइएका घरको नक्सापास दिइन्छ” नगरप्रमुख खाँणले भन्नुभयो, “तपाईंहरुले नौ-नौ आना जग्गा प्राप्त गर्नुभएको छ, यस जग्गामा घर निर्माणसँगै अन्य उपयोगीमूलक कार्य पनि गर्न सकिन्छ ।” आफ्नो जग्गा नभएर केही वर्षदेखि चौरमै बस्दै आएका भूकम्प लाभग्राहीले जग्गा पाएपछि खुशी व्यक्त गरेका छन् । 

“वडाले नौ÷नौ आना जग्गा रु दुई÷दुई लाखका दरले खरीद गरी जग्गाविहीन दुई विक परिवारलाई प्रदान गरेको हो”, वडाध्यक्ष लम्सालले भन्नुभयो, “घरबारविहीन भएका भूकम्प लाभग्राही परिवारलाई निःशुल्क जग्गा उपलब्ध गराउने यो वडा नै पहिलो हो ।” 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group