धनकुटा,१७ चैत। नेत्रबिक्रमचन्द नेतृत्वको नेकपा भएको आरोपमा प्रहरीले पटक–पटक पक्राउ गरेपछि धनकुटाका मोहन ओझा ‘बिज्ञान’ले आफू उक्त पार्टीको कुनै जिम्मेवारीमा नरहेका बताएका छन । उनले प्रेश बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन ।
धनकुटा नगरपालिका ६ निवासी ५१ बर्षिया ओझाले आफूलाई विप्लव नेतृत्वको नेकपा भएको आशंकामा प्रहरीले पक्राउ गरि पटक-पटक सार्वजनिक अभद्र व्यवहार सम्बन्धि मुद्दा दायर गरेपनि आफू उक्त दलको कुनै पदमा नभएको ओझाले बिज्ञप्तीमा प्रष्ट गरेका छन् ।
प्रचलिच नेपालको कानून बमोजिम आफू स्वत्रन्त्रता पूर्वक जीवन यापन गर्न पाउनु पर्ने र सरकारले लगाएको उक्त झुटो मुद्दा खारेज गर्न उनले बिज्ञप्ती मार्फत् माग गरेका छन।
प्रतिक्रिया दिनुहोस्