ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कार्यरत लाखौं सुदूरपश्चिमेली कामदारको अवस्था दयनीय बन्दै


admin
१७ चैत्र २०७५, आइतबार   ५ : १५   बजे

डोटी, १७ चैत ।  भारतमा कार्यरत लाखौं सुदूरपश्चिमेली कामदारको समस्या सुल्झिनुको सट्टा झनै विकराल बन्दै गएको पाइएको छ ।

भारतमा कार्यरत नेपाली कामदारको समस्या सरकारी तहबाट सम्बोधन गर्नुपर्नेमा उल्टै वैदेशिक रोजगार ऐनले पनि भारतमा कार्यरत कामदारलाई नछोएपछि समस्या देखिएको काम गरेर घर फर्किएका बोगटान गाउँपालिकाका रामबहादुर घर्तीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारमा जाने कामदारका बारे छलफल, नीति, नियम बनाए पनि भारतमा कार्यरत कामदारका बारेमा छलफल नचलाउदा समस्या हुदै आएको छ ।” प्रक्रिया पु¥याएर मात्रै भारत जाने व्यवस्था भए कामदारको अवस्था विस्तारै सुधार हुँदै जाने कामका लागि भारत जानेहरुको माग छ । 

कामका लागि विदेशिने पहिलो गन्तव्य भारत भए पनि सरकारले अहिलेसम्म भारतमा कार्यरतको तथ्याङ्क समेत राख्ने चेष्टा नगरेका कारण समस्या समाधान हुन नसकेको दिपायलका बासिन्दा भरत कामीले बताउनुभयो । भारतमा अहिले कति कामदार छन् ? कति बेपत्ता भए ? कतिले ज्यान गुमाए र कति बेचविखनमा परे कसैसँगै लेखाजोखा छैन् । वैदेशिक रोजगार ऐन, नीतिमा भारत जाने कामदार नपरेछि भारतमा कार्यरत कामदारले आफूलाई दोस्रो दर्जामा राख्नुपर्ने अवस्था रहेको बताएका छन् । 

आप्रवासनको क्षेत्रमा लामो समयदेखि कामगर्दै आएका गैरसरकारी संस्था निड्स नेपाल परियोजनाका अधिकृत प्रकाशचन्द्र मडैले नेपालीको मुख्य गन्तव्य भारत भए पनि त्यहाँ कार्यरत नेपाली कामदार कष्टकर जीवन बिताउन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारत गएकाको लेखाजोखा तथा अन्य जानकारीसम्म नहुँदा उनीहरुको जीवन कष्टकर हुँदै आएको छ ।” 
कामका लागि भारत गएका नेपालीमा झण्डै ३० प्रतिशत सुदूरपश्चिमेली रहेको निड्स नेपालको तत्थ्याङ्कमा उल्लेख छ । कुनै पनि नियमले नछोएपछि सिधैँ सुदूरपश्चिमबाट कामका लागि भारत गएका कामदारले दुःख पाउने गरेका, लुटपाटमा पर्ने गरेका, नेपाली परिचयपत्रले काम नगर्दा भारतीय बैंकमा खाता खोल्न र मनी ट्रान्सफर गर्न समस्या भएको, नेपाली बैंक र रेमिट्यान्स कम्पनीले भारतमा शाखा वा सम्पर्क कार्यालय खोल्न नपाएको, भारतमा र भारतीय बाटो हुँदै वैदेशिक रोजगारीको नाममा बेचबिखन बढेको लगायतका समस्यामापर्ने गरेका निड्सका अधिकृत मडैले बताउनुभयो । 

यति मात्र नभइ भारतमा गएर निम्नस्तरको काम गर्न बाध्य सुदूरपश्चिमेलीको मानवअधिकारको अवस्था पनि दयनीय देखिएको बताइएको छ । मानवअधिकार (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीका प्रमुख खड्कराज जोशीले भारतमा कार्यरतलाई पनि नियम कानूनमा बाध्न सकिए उनीहरुको अधिकारको अवस्था पनि सुधार हुने बताउनुभयो । 

नेपाल सरकारका कुनै पनि नियम कानूनले भारतमा कार्यरत कामदारलाई सम्बोधन नगरेपछि अहिले पनि भारत जान कुनै पनि प्रक्रिया पुगाउन पर्दैन् । अनुमति लिएर जाने नबनाए पनि कम्तीमा तथ्याङ्क राख्न सकियो भने सुरक्षा र आर्थिक सहायता गर्न सजिलो हुने निड्स दिपायलका फिल्ड अधिकृत दीर्घ ओझाले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका ७० प्रतिशत घरधुरीबाट एक वा दुईजना भारतमा कामका लागि गएको अनुमान गरिए पनि अहिलेसम्म कतिजना गएछन् भन्ने कुनै आधिकारिक तथ्याङ्क नभएको उहाँले जानकारी दिनुभयो । निड्सले कञ्चनपुरका दुई नगरपालिका, अछामको साँफेबगर तथा डोटीका १२ ठाउँमा गरेको सर्वेक्षण अनुसार भारतमा १६६ जना सुदूरपश्चिमेली लामो समयदेखि बेपत्ता भएका देखाएको छ । 

वैदेशिक रोजगार ऐनले पनि भारतमा कार्यरत कामदारलाई सम्बोधन नगरेपछि उनीहरुको अवस्था सुधार्न निकै जटिल भइरहेको निड्स नेपालकी अध्यक्ष अञ्जु जोशीले बताउनुभयो ।

वर्षेनी सुदूरपश्चिम प्रदेशबाट मात्रै हजारौंको सङ्ख्यामा कामका लागि भारत जाने गरेका बताइएको छ । सरकारले रोजगारी दिनसक्ने अवस्था नभएपछि सुदूरपश्चिमेली युवाले रहरले भन्दा बाध्यताले रोजगारीका लागि भारतलगायतका देशमा विदेशिनु परेको दिपायलका पूर्वमेयर घनश्याम पाठकले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group