ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ महीना देखि बेपत्ता पत्रकार खड्काको खोजी गर्न टोली गठन


admin
१८ चैत्र २०७५, सोमबार   १ : २५   बजे

डोटी, १८ चैत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका साधारण सदस्य तथा पत्रकार तेजबहादुर खड्का(तेजु)को खोजीका लागि टोली गठन गरिएको छ । खड्का बेपत्ता भएको करीब आठ महीना पुग्नै लाग्दा पनि उहाँको अवस्था कसैले पत्ता लगाउन नसकेपछि महासङ्घ जिल्ला शाखाले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो । 

महासङ्घका अध्यक्ष योगेन्द्र बलायरको संयोजकत्वमा गठित उक्त खोजी टोलीमा प्रेस चौतारीका अध्यक्ष झलक पाली, प्रेस युनियनका अध्यक्ष प्रकाश बम, पे्रस सेन्टरका कार्यवाहक अध्यक्ष कर्ण चन्द र पत्रकार महासङ्घका कोषाध्यक्ष अरुण बम रहेका छन् । 

टोलीले बेपत्ता भएका पत्रकार खड्काका घरपरिवार, आफन्तजन र बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटनास्थलको स्थलगत अध्ययन पश्चात प्रतिवेदन तयार गरी नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश समिति र सरकारका सम्बन्धित निकायमा पेश गर्ने अध्यक्ष बलायरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पत्रकार खड्का हराएको लामो समय भैइसकेको र अहिलेसम्म पनि कही कतैबाट कुनै कुरा पत्ता नलागेका लागि हामी आफ्नै पहलमा खोजी कार्य गर्दैछौँ ।” गत भदौ १० गते बाजुराको बुढीनन्दा मेलाबाट रिपोर्टिङ गरेर फर्किने क्रममा सम्पर्कविहीन हुनुभएका खड्का अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन । 

दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भएका पत्रकार खड्का प्रेस युनियनका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायल र केन्द्रीय प्रसारणमा समेत काम गरेर पछिल्लो समयमा बाजुराको रेडियो बुढीनन्दामा कार्यरत हुनुहुन्थ्यो । 

पत्रकार खड्का हराए लगत्तै स्थानीयस्तरमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गरेता पनि फेला पारेको थिएन । आफ्नो घरको सदस्य हराएको लामो समय भई सक्दासमेत कुनै आधिकारिक खबर नआउदा घरपरिवार निकै तनाबमा परेको उहाँका दाजु तथा काङ्ग्रेस नेता जितबहादुर खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group