ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भटाभट तोकिए क्याम्पसमा सूचना अधिकारी


admin
२३ आश्विन २०७४, सोमबार   ११ : ५५   बजे

काठमाडौँ, २३ असोज । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा भटाभट सूचना अधिकारी तोकिएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा त्रिविअन्तर्गतका ६० वटा क्याम्पसमा सूचना माग गरेपछि ती क्याम्पसले अहिले सूचना अधिकारी तोकी सोको जानकारी सूचना मागकर्ता र राष्ट्रिय सूचना आयोगलाई दिन थालेका छन् ।

विश्वविद्यालय केन्द्रमा मात्र सूचना अधिकारी तोकिएको र क्याम्पसमा सूचना अधिकारीको प्रावधान नरहेको भन्दै सूचनाको हकलाई कार्यान्वयन गर्न आनाकानी गरेका क्याम्पस प्रमुख अन्ततः सूचना अधिकारी तोक्न बाध्य भएका हुन् ।

सूचना अधिकारी तोके पनि ती क्याम्पसले अझै सूचनाको हकको व्यावहारिक प्रयोग गर्न भने हिच्किचावट गरिरहेका छन् । सूचना अधिकारी तोकिएको जानकारी सूचना मागकर्तालाई दिए पनि उनीहरुले सूचना अधिकारीमार्फत सूचना भने अझै प्रवाह गर्न सकेका छैनन् ।

सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायले सो निकायसँग सम्बन्धित सूचना व्यवस्थापन गर्न तथा नागरिकले मागेको सूचना उपलब्ध गराउन सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

फ्रिडम फोरमको लामो प्रयासपछि ६० आंगिक क्याम्पसमध्ये भोजपुर बहुमुखी क्याम्पस भोजपुर, महेन्द्र बहुमुखी क्याम्पस बाँके, डोटी बहुमुखी क्याम्पस डोटी, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, डडेल्धुरा बहुमुखी क्याम्पस, अमरगढी डडेल्धुरा, वन विज्ञान अध्ययन संस्थान पोखरा, जुम्ला बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहचल, केन्द्रीय प्रविधि क्याम्पस धरान, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज पर्सा, थापाथली क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, नेपालगञ्ज नर्सिङ क्याम्पसलगायत ४० क्याम्पसले सूचना अधिकारी तोकेका छन् ।

सूचना अधिकारी तोक्न बाँकी क्याम्पसले पनि तत्कालै सूचना अधिकारी तोक्ने र सोेको जानकारी दिने पत्र राष्ट्रिय सूचना आयोग र सूचना मागकर्तालाई पठाएका छन् ।

नेपालमा यो हकको बारेमा पर्याप्त जनचेतनाको अभाव छ । ऐन, नियम र राष्ट्रिय सूचना आयोग जस्ता संयन्त्रको व्यवस्था भएको करिब १० वर्ष भइसके पनि यसको उपयोगतर्फ न त सरकार न त जनता, दुवैतर्फमा सक्रियता, चासो र गम्भीरताको अभाव खट्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rochdale Grooming Gang Retrial Underway in Manchester

Israeli Lawmaker Destroys Palestinian Memorial Under Military Escort

India Police Clash With Protesters in Bihar Amid Ongoing Job and Education Demands

Kurdish-Led Forces in Syria Officially Dissolve After Merger with National Army

Syria’s Economy Set for Recovery Following US Sanctions Lift

Syria Removed From US ‘State Sponsors of Terrorism’ List, Signaling Shift in Relations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu