ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइपीएलः पन्जावविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन


एबीसी न्यूज
१९ चैत्र २०७५, मंगलबार   १० : १४   बजे

काठमाडौं, १९चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाव विजयी भएको छ । सोमबार राति भएको खेलमा दिल्लीलाई १४ रनले हराउँदै पन्जाव विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल बाँकी छँदै १५२ रनमा अल आउट भयो ।

पञ्जाबका साम कुरानले ह्याट्रिक विकेट लिएपछि दिल्ली पराजित हुन पुग्यो । उनले १८ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई बोल्ड आउट गरेका थिए । त्यसपछि २० औं ओभरको पहिलो र दोस्रो बलमा विकेट लिँदै कुरानले ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो बलमा कासिगो राबडा र तेस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरेका थिए ।

रनको खाता नखोल्दै पृथ्वी शलाई गुमाएको दिल्लीका लागि शिखर धवन र श्रेयश अय्यरले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । शिखर ३० रनमा आउट हुँदा श्रेयस २८ रनमा पेभेलियन फर्किए । कोलिन इन्ग्राम र ऋषभ पन्तले उत्कृष्ट पारी खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए ।

१४४ रनमा चौथो विकेट गुमाएको दिल्लीले बाँकी ८ रन जोड्दा बचेका ६ विकेट खेर फालेको थियो । दिल्लीलाई रोक्न कुरानले ह्याट्रिकसहित चार विकेट लिए भने मोहमद शामीले र रविचन्द्र आश्विनले दुई–दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रन बनायो । उसका लागि डेबिड मिलरले सर्बाधिक ४३, सरफराज खानले ३९, स्याम करनले २०, केएल राहूलले १५ र मन्दीप सिंहले नट आउट २९ रन बनाए ।

बलिङमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिए । उनले स्याम करनलाई २० र सरफराज खानलाई ३९ रनमा आउट गरे । यस्तै, क्रिस मोरिसले ४ ओभरमा ३० रन खर्चिएर ३, कागिसो रबाडाले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टिमुरेबाट ११६ जनाको उद्धार, उद्धारका लागि १५ भन्दा बढी उडान

भारतद्वारा भोटेकोशी बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री सहयोग

सम्बन्धित

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu