ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित


admin
२० चैत्र २०७५, बुधबार   ४ : १३   बजे


सप्तरी, २० चैत । हङकङमा सम्पन्न तेश्रो एशियाली यूथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका राजविराज निवासी अजित यादव गृह जिल्ला सप्तरीमा सम्मानित भएका छन् ।

राजविराज नगरपालिका १२ निवासी यादवलाई बुधवार एक कार्यक्रमबीच राजविराज नगरपालिका कार्यालयले सम्मानपत्र, दोसल्ला तथा नगद १ लाख १ हजार एक सय एक रुपैयासहित सम्मान गरेको हो । सो अवसरमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आफ्नो एक महिनाको तलब नगद रु. ३५ हजारसमेत अजितलाई प्रदान गरे ।

अजितले तेश्रो एशियाली यूथ एथलेटिक्स च्याम्पियनशिपको पुरुषतर्फ ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । उनले आठ मिनेट ३०,३० सेकेन्डमा सो दुरी पुरा गरेका थिए । नेपाललाई युथ एशियाली खेलकुदमा स्वर्ण पदक दिलाउने अजित पहिलो खेलाडी समेत बनेका हुन ।

यसअघि प्रदेश २ का सरकारले पनि प्रोत्साहन स्वरुप अजितलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ५१ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, उपमेयर साधना झालगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group