ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीको अभाव हुन थालेपछि..,


admin
२३ चैत्र २०७५, शनिबार   २ : ४०   बजे

गाईघाट, २३ चैत । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् ।

गाउँमा वितरण गरेको खोपानीको धाराको मुहानसहित कुवा तथा धाराका स्रोतसमेत केही वर्षयतादेखि सुक्दै जान थालेपछि अहिले यस क्षेत्रका सयौं मानिसले गाउँ छाडिसकेका छन् भने केही छाड्ने क्रममा रहेका स्थानीय शिक्षक विष्णु मगरले बताउनुभयो ।

लेखानीका चनौटे, रमाइलाडाँडा, विन्दुडाँडासहित भदौरेमा पानीको स्रोत सुक्दै जान थालेपछि पानीको अभाव हुनपुगेको बताइएको छ । चनौटेका स्थानीय रमेश विश्कर्माले गाउँको पानीका धाराको मुहान नै सुकेपछि अहिले आफूहरु सात किलोमिटर तल सुनकोशीबाट ट्र«्याक्टरमा ड्रममा पानी भरेर ल्याई खान बाध्य भएका बताउनुभयो । केही स्थानीयवासी पानीको साह्रै दुःख हुन थालेपछि गाउँछाडेर कटारी बजारतर्फ गइसकेका विश्वकर्माले जानकारी दिनुभयो ।

रमाइलोडाँडामा यसवर्ष कुवा, धारा, नालाको पानीको स्रोत नै पूर्ण रुपमा सुकेपछि अहिले पुरै गाउँ पानीको अभावमा रहेको स्थानीय गोविन्द मगरले बताउनुभयो । रमाइलोडाँडाका १५० घरमध्ये पानीको दुःखका कारण दुई वर्षभित्र पचास परिवार गाउँ छाडेर कटारी बजार तथा जिल्ला सदरमुकाम गाईघाटतर्फ बस्न थालेका स्थानीयवासी रुद्र मगरले बताउनुभयो । लेखानीमा खानेपानीको दुःख हुन थालेपछि त्यहाँका बासिन्दाले गाउँ छाड्न थालेका कटारी–१४वडाध्यक्ष तेजबहादुर आलेमगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको मुहानै सुक्यो, खानेपानी वितरण गरेको धाराको मुहानै सुकेपछि अर्को पानी वितरण गर्ने विकल्प पनि छैन, यसै कारण गाउँमा खानेपानीको कष्टका कारण यहाँका बासिन्दा गाउँ छाड्न बाध्य भएका छन् ।

” नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लेखानी क्षेत्रमा खानोपानीका स्रोत नै सुकिसकेका बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा वितरण गरिएका धाराको पानीको स्रोत नै सुक्यो, अन्य विकल्पमा पानीको धारा वितरण गर्ने, निर्माण गर्ने पानीको स्रोत र स्थान पनि नहुादा समस्या देखिएको छ ।”उहाँले सुनकोशीबाट लिफ्ङि गरेर लेखानीमा ठूलो खानेपानी योजना सञ्चालन गरेर अथवा ट्याङ्करमा बोकेर वितरण गर्नुको विकल्प बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu