ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहीबेर मौसम खुले पनि फेरि बदलीको सम्भावना , आँधीहुरी बारे भारतले यस्तो भन्यो


एबीसी न्यूज
२४ चैत्र २०७५, आइतबार   ८ : ४२   बजे

काठमाडौं, २४ चैत्र । शनिवारदेखि देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि काठमाण्डौसहित मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने उहाँको अनुमान छ ।

तर पूर्वमा भने मौसम खुल्ने संभावना कम रहेको उहाँको भनाइ छ । केहिबेरपछि मौसम खुल्ने मध्य र पश्चिममा दिउँसोपछि भने फेरि बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ ।

यसैवीच भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा भोलि बिहानसम्ममा कुनै पनि समय आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।

भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा ऑधीबेहरी आउने संभावना भएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ।
भारतले सचेत गराएका क्षेत्र नेपालको लुम्बिन आसपासका क्षेत्र हुन्।

भारतको पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Classifies Music, Sports and Film as Service Industries

Nepal Finance Minister Pushes for Clarification of Banking Director Disqualification Rules

Mexico’s President Condemns Governor’s Return Amid U.S. Drug Trafficking Allegations

US Escalates Economic Pressure on Iran With New Sanctions

Nepal High Court Issues Show Cause Notice in Challenge to Chief Minister’s Appointment

Nepal Government Pledges Transparency in Advertising Market

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu